इजरायलबाट उद्धार गरिएका १८ मध्ये ७ जना महेन्द्रनगर आइपुगे, ११ जना विमानबाट आउने
बुधबार महेन्द्रनगर आइपुग्नेमा कैलाली टीकापुरका नन्दसिंह पुन, नुवाकोट लिखुका राजकुमार मानन्धर, काठमाडौंका लक्ष्मी दुलाल, मोरङ उर्लाबारीका निश्चल सिंह, पाल्पाकी दिलकुमारी अधिकारी, ललितपुरकी ममता थापा र स्याङ्जाकी अस्मिता गुरुङ छन्।
काठमाडौं, कात्तिक १ : युद्धग्रस्त इजरायलबाट भारत सरकारको ‘अपरेसन विजय’अन्तर्गत उद्धार गरिएका १८ जना नेपाली मध्ये ७ जना दिल्लीबाट महेन्द्रनगर आइपुगेका छन्।
दिल्ली आएका १८ मध्ये ७ जना गड्डाचौकी नाका हुँदै महेन्द्रनगर आएपुगेका हुन्। उनीहरुलाई दिल्लीस्थित नेपाली दूतावासले उनीहरूलाई सवारी साधनको व्यवस्थासहित घर पठाएको हो।
बुधबार महेन्द्रनगर आइपुग्नेमा कैलाली टीकापुरका नन्दसिंह पुन, नुवाकोट लिखुका राजकुमार मानन्धर, काठमाडौंका लक्ष्मी दुलाल, मोरङ उर्लाबारीका निश्चल सिंह, पाल्पाकी दिलकुमारी अधिकारी, ललितपुरकी ममता थापा र स्याङ्जाकी अस्मिता गुरुङ छन्।
दिल्लीमा रहेका अन्य ११ जना जहाजमार्फत काठमाडौं हुँदै आ–आफ्ना घर फर्किने बताइएको छ।
महेन्द्रनगर आइपुगेका सातै जनालाई आजै घरतर्फ पठाउने व्यवस्था मिलाउने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए।