Kathmandu Press

प्रधानमन्त्री नर्भिक अस्पतालमा, मुटुको एन्जिओग्राम गरिँदै

प्रधानमन्त्रीको मुटुको एन्जिओग्राम गरिने उनले जानकारी दिए। यो परीक्षणले मुटुमा रहेका नशाबाट रक्तसञ्चार भएको वा नभएको पत्ता लाग्नेछ।
प्रधानमन्त्री नर्भिक अस्पतालमा, मुटुको एन्जिओग्राम गरिँदै

काठमाडौं, असोज ३० : स्वास्थ्य जाँच गराउन नर्भिक अस्पताल पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालको एन्जिओग्राम गरिने भएको छ।

उपचारमा संलग्न एक चिकित्सकका अनुसार प्रधानमन्त्री दाहाललाई पेट र छातीको बीचमा अप्ठेरो महसुस भएको थियो। प्रधानमन्त्रीको मुटुको एन्जिओग्राम गरिने उनले जानकारी दिए। यो परीक्षणले मुटुमा रहेका नशाबाट रक्तसञ्चार भएको वा नभएको पत्ता लाग्नेछ।

यो परीक्षणको रिपोर्ट आएपछि चिकित्सकहरुले प्रधानमन्त्रीलाई भर्ना गर्ने वा नगर्ने निर्णय गर्नेछन्। छातीमा असहज महसुस भएपछि प्रधानमन्त्री प्रचण्ड मंगलबार साँझ नर्भिक अस्पतालमा पुगेका थिए।

‘पछिल्ला दिनमा दौडधुप र तनावका कारण समस्या देखिएको हुनसक्छ’, प्रधानमन्त्री सचिवालय स्रोतले भन्यो, ‘के भएको हो कन्फर्म भएर जाऔं भनेर अस्पताल आएका हौं।’

प्रकाशित मिति: २०:११ बजे, मंगलबार, असोज ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्