पेट्रोल पम्पहरूमा छड्के अनुगमन, तीनकुनेस्थित भ्यालीबाबा पेट्रोल पम्प सिल
अनुगमनका क्रममा तीनकुनेस्थित भ्यालीबाबा पेट्रोल पम्पमा सिल गरिएको हो। उक्त पेट्रोल पम्पले कम मात्रामा पेट्रोल वितरण गर्दै आएको भेटिएको जनाइएको छ।
काठमाडौं, असोज ३० : उपभोक्ताको गुनासो बढेपछि सरकारले काठमाडौंका पेट्रोल पम्पहरूमा छड्के अनुगमन थालेको छ।
वाणिज्य मन्त्रालय, प्रधानमन्त्रीको सचिवालय, नापतौल तथा गुणस्तर विभाग र काठमाडौं जिल्ला प्रशासन कार्यालयका अधिकारीहरू सम्मिलित टोलीले पेट्रोल पम्पहरूमा अनुगमन गरेको हो।
मंगलबार दिउँसो काठमाडौंका कतिपय पेट्रोल पम्पमा गरिएको अनुगमनकाक्रममा गडवडी भेटिएपछि शिल गरिएको छ।
अनुगमनका क्रममा तीनकुनेस्थित भ्यालीबाबा पेट्रोल पम्पमा सिल गरिएको हो। उक्त पेट्रोल पम्पले कम मात्रामा पेट्रोल वितरण गर्दै आएको भेटिएको जनाइएको छ।
परिमाण मापन गर्दा मात्रा कम देखिएपछि कारबाही गरिएको अनुगमनमा संलग्न प्रधानमन्त्रीको सचिवालय सदस्य बिनोद न्यौपानेले जानकारी दिए। चाडपर्वको मौका छोपी उपभोक्तामाथि ठगि हुन सक्ने भएकाले अनुगमन गरिएको उनले बताए।
प्रकाशित मिति: १९:११ बजे, मंगलबार, असोज ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











