लोकतान्त्रिक उपलब्धीलाई हल्लाउने प्रयास भइरहेको छ : उपप्रधानमन्त्री खड्का
‘अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई विभिन्न बहानामा, विभिन्न कारणले हामीले गरेका कतिपय कामबाट, कतिपय निर्णयबाट तिनै कुरालाई बोकेर मुद्दा बनाएर संविधानलाई हल्लाउने कोसिस भइरहेको छ,’ कार्यक्रममा खड्काले भने।
काठमाडौं, असोज ३० : उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई हल्लाउन खोजिएको बताएका छन्।
मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले उक्त भनाई राखेका हुन् । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमार्फत् प्राप्त उपलब्धीलाई हल्लाउने प्रयास भएको बताए।
‘अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई विभिन्न बहानामा, विभिन्न कारणले हामीले गरेका कतिपय कामबाट, कतिपय निर्णयबाट तिनै कुरालाई बोकेर मुद्दा बनाएर संविधानलाई हल्लाउने कोसिस भइरहेको छ,’ कार्यक्रममा खड्काले भने।
उनले संविधान जारीपछिको ८ वर्ष सम्पूर्ण राजनीतिक दलको ध्यान संघीय ऐन बनाउनेतर्फ केन्द्रित हुनुपर्नेमा त्यो हुन सकेको बताए। उनले संघीय कानून पहिलो प्राथमिकतामा राख्नुपर्ने भए पनि अहिलेसम्म अल्मलिने काम भएको उल्लेख गरे।
संविधान जारी गर्दा हामीले संविधान सभाका अगाडि संविधान सभामार्फत नेपाली जनताहरु समक्ष संसारका लोकतन्त्रवादीहरुलाई दिएको विश्वास र वचन पूरा गर्ने प्रक्रिया बाँकी रहेको पनि खड्काले बताए ।