इजरायलमा मृत्यु भएका नेपालीको शव चाँडो ल्याउन सरकारको ध्यानाकर्षण
मंगलबार बसेको समितिको बैठकमा उनीहरुलाई आवश्यक राहत दिने, बाँकी नेपालीलाई नेपाल फिर्ता ल्याउने र बझाङमा गएको भूकम्पप्रति ध्यानाकर्षण गराउने निर्णय पनि भएको सभापति भानुभक्त जोशी बताए।(6)-1697541361.jpg)
काठमाडौं, असोज ३० : प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले इजरायलमा मृत्यु भएका नेपालीहरुको शव नेपाल ल्याउनका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
मंगलबार बसेको समितिको बैठकमा उनीहरुलाई आवश्यक राहत दिने, बाँकी नेपालीलाई नेपाल फिर्ता ल्याउने र बझाङमा गएको भूकम्पप्रति ध्यानाकर्षण गराउने निर्णय पनि भएको सभापति भानुभक्त जोशी बताए।
‘इजरायलमा मृत्यु भएका १० जना नेपालीको शव चाँडोभन्दा चाँडो नेपाल ल्याउनका लागि सरकारलाई ध्यानाकर्षण गराउने र परिवारलाई राहत दिने र त्यहाँ रहेका नेपालीहरु नेपाल छिटो फर्किन चाहन्छन्,’ उनले भने, उनले भने, उनले भने, ‘उनीहरुलाई फर्काउन सरकारको ध्यानाकर्षण गराउने र बझाङमा गएको भूकम्पप्रति ध्यानाकर्षण गराउे निर्णय भएको छ।’
उनले आन्दोलनरत बीबीएसका विद्यार्थीहरुको बारेमा सचिवालयले केही गृहकार्य गर्नुपर्ने भन्दै यसका लागि एउटा अध्ययन कार्यदल बनाएर विषयको अध्ययन पनि गर्नुपर्ने बताए।
‘डाक्टरमाथि हात उठाउन कोही कसरी बाध्य भयो, यसमा प्रशासनको गल्ती छ कि, यो बारेमा अध्ययन गर्नुपर्छ। समस्या कहाँबाट सुरु भयो त्यसको पनि अध्ययन गर्नुपर्छ। यस्ता घटनाहरु भएपछि डाक्टरहरुले देशव्यापी रुपमा ४–५ दिन सेवाबन्द गर्ने हो भने त्यसको असर कस्तो पर्छ होला?,’ उनले भने, ‘यसमा एउटा एजेण्डा नै बनाएर छलफल गरेर अध्ययन कार्यदल बनाएर अगाडि बढ्नुपर्छ । त्यो अध्ययन कार्यदलले घटना कहाँबाट सुरु भयो र किन भयो भन्ने विषयको अध्ययन पनि गर्नुपर्छ।’
युवा र खेलकुद क्षेत्रमा पछिल्लो समय प्रगति भए पनि सरकारको तर्फबाट र बजेटको हिसाबमा ओझेलमा परेको भन्दै यसमा सबैको धारणा समेटेर कार्ययोजना बनाउन पर्ने उनको भनाई छ।
त्यस्तै, समिति सदस्य सुमना श्रेष्ठले आन्दोलित विद्यार्थीहरुको कुरा उठाउँदै विद्यार्थीहरुको समस्याको दिगो समाधानका लागि एउटा कार्यदल बनाएर स्वास्थ्य, गृह र शिक्षा मन्त्रालयलाई निर्देशन दिनुपर्ने सुझाव दिएकी छन्।
‘यहाँ बोलाएर छलफल त गरेका थियौ तर त्यसको दिगो व्यवस्थापन हुन सकेको छैन । त्यसका लागि पनि एउटा कार्यदल बनाएर स्वास्थ्य, गृह र शिक्षा मन्त्रालयलाई निर्देशन दिने हो कि, त्यसको दिगो समाधानको लागि हामीले नै पहल गर्नुपर्छ,’ उनले भनिन्।











