Kathmandu Press

ओलीलाई रविको जवाफ- ढुकुटी रित्याउँदा पनि एमालेलाई मत दिइरहने मतदाता कस्ता?

‘हामीलाई माया गर्ने, सद्भाव राख्ने भोट हाल्ने जनता कस्ता होइन, आफ्ना नेताहरू भ्रष्टाचारको आरोपमा जेल बसिसक्दा, राष्ट्रको ढुकुटी रित्याउँदा हरेक क्षेत्रको इन्डिकेटर्सहरूलाई रातोमा पु¥याउँदामा पनि अझै पनि तपाईंकै दललाई भोट हालिरहने ती भोटर्सचाहिँ कस्ता ?’ ओलीलाई जवाफ दिँदै लामिछानेले भने ।
ओलीलाई रविको जवाफ- ढुकुटी रित्याउँदा पनि एमालेलाई मत दिइरहने मतदाता कस्ता?

काठमाडौं, असोज ३० : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रको ढुकुटी रित्याउँदा पनि एमालेलाई मत दिइरहने मतदाता कस्ता? भन्दै प्रश्न गरेका छन्।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ दिँदै लामिछानेले यस्तो भनाई राखेका हुन्।

एमाले अध्यक्ष ओलीले सोमबार एक कार्यक्रममा नीति, सिद्धान्त नभएका दललाई मत दिने जनता कस्ता? भन्दै प्रश्न गरेका थिए। लामिछानेले त्यसैको प्रतिक्रिया स्वरुप उक्त भनाई राखेका हुन्।

रास्वपाको सोमबारदेखि चलेको नीति मन्थन नामक विमर्शको समापन गर्नेक्रममा सभापति लामिछानेले यस्तो जवाफ फर्काएका हुन्।

उनले राष्ट्रको हरेक सूचकांकलाई रातोमा पु¥याउनेलाई निर्वाचित गराउने मतदाता कस्ता ? भन्ने प्रश्न पनि गरे ।

‘हामीलाई माया गर्ने, सद्भाव राख्ने भोट हाल्ने जनता कस्ता होइन, आफ्ना नेताहरू भ्रष्टाचारको आरोपमा जेल बसिसक्दा, राष्ट्रको ढुकुटी रित्याउँदा हरेक क्षेत्रको इन्डिकेटर्सहरूलाई रातोमा पु¥याउँदामा पनि अझै पनि तपाईंकै दललाई भोट हालिरहने ती भोटर्सचाहिँ कस्ता ?’ ओलीलाई जवाफ दिँदै लामिछानेले भने ।  

प्रकाशित मिति: १५:१५ बजे, मंगलबार, असोज ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्