‘यो नागरिकता कागजको टुक्रामात्र होइन, हाम्रो मुटुको अंश हो’
उनले सबै गैरआवासीय नेपालीहरुले सहज ढंगले नेपाली नागरिकता पाउने सम्बन्धित निकायको तर्फबाट सहजिकरण हुने र सजिलै नागरिकता पाउनेप्रति विश्वास व्यक्त गरे।
काठमाडौं, असोज ३० : गैरआवासीय नेपाली संघ (एनआरएन)का संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैरआवासीय नेपाली नागरिकता प्राप्त भएसँगै नागरिकताका लागि चलाएको अभियानले सार्थकता पाएको बताएका छन्।
उनले देशलाई समृद्ध बनाउने एनआरएनए नेपालीको अभियानले वैधानिकता पाएको पनि सुनाए।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले गैरआवासीय नेपालीलाई नागरिकता दिएसँगै महतोले आफूहरुले प्राप्त गरेको गैरआवासीय नागरिकता कागजको टुक्रा मात्र नभई मुटुको अंश भएको बताए।
एनआरएन नेपालीलाई नागरिकता वितरण गर्न सुरु गरेकाप्रति प्रधानमन्त्री दाहाल र संसदप्रति आभार प्रकट गरेका गरे। ‘यो नागरिकता सानो कागजको टुक्रामात्रै होइन हाम्रो मुटुको अंश बन्ने छ,’ उनले भने, ‘हाम्रो प्रत्येक धड्कनमा गैरआवासीय नेपालीहरु नेपाल आमालाई कसरी समृद्ध बनाउन सकिन्छ, कसरी खुसी बनाउन सकिन्छ, कसरी शान्त बनाउन सकिन्छ भन्ने अभियानमा लागिरहने संकल्प गर्दछौं।’
उनले सबै गैरआवासीय नेपालीहरुले सहज ढंगले नेपाली नागरिकता पाउने सम्बन्धित निकायको तर्फबाट सहजिकरण हुने र सजिलै नागरिकता पाउनेप्रति विश्वास व्यक्त गरे।











