‘एनआरएनएसँगको हातेमालो नेपालको विकास र समृद्धिको लागि महत्वपूर्ण’
उनले विदेशमा आर्जन गरेको ज्ञान, सीप पुँजी र उद्यमशीलता नेपालमा लिएर आउँदा नेपालको विकासका थप उर्जा बन्ने अपेक्षा लिएको बताए।-1697526471.jpg)
काठमाडौं, असोज ३० : परराष्ट्रमन्त्री एनपी साउदले संविधान कार्यान्वयनको गतिले तिव्रता पाएसँगै विकास निर्माणमा पनि प्रगति हुनथालेको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं विश्व सम्मेलनमा उनले विदेशमा आर्जन गरेको ज्ञान, सीप पुँजी र उद्यमशीलता नेपालमा लिएर आउँदा नेपालको विकासका थप उर्जा बन्ने अपेक्षा लिएको बताए।
‘एनआरएनएसँग नेपाली जनताले धेरै अपेक्षा गरेकाछन्। उनले विदेशमा आर्जन गरेको ज्ञान, सीप पुँजी र उद्यमशीलता नेपालमा लिएर आउँदा नेपालको विकासका थप उर्जा बन्ने अपेक्षा लिइएको छ,’ उनले भने ‘एनआरएनएसँगको हातेमालो नेपालको विकास र समृद्धिको लागि महत्वपूर्ण हुनेछ।’
राजनीतिक परिवर्तनपछि संविधान कार्यान्वयनको गतिले तिव्रता पाएसँगै विकास निर्माण अघि बढेको उनको भनाई छ।
उनले आर्थिक विकास र समृद्धिको राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिबद्धता पुरा गर्न स्रोत साधनको जोहो गर्दे उपलब्ध स्रोतको परिचालन गर्नुपर्ने अवस्था आएको बताए।











