Kathmandu Press

पहिलो एनआरएनए नगरिकता पाएपछि कुल आचार्यले भने– यो नेपालको विकासमा कोशेढुंगा सावित हुनेछ

‘मैले मात्र होइन हाम्रा धेरै अग्रजले समेत गरेको धेरै ठूलो प्रयासपछि आज एउटा सुरुआत भएको छ। यो सुरुवात अत्यन्तै सकारात्मक र नेपालको विकासमा एउटा ठूलो कोशेढुंगा सावित हुने विश्वास छ।’
पहिलो एनआरएनए नगरिकता पाएपछि कुल आचार्यले भने– यो नेपालको विकासमा कोशेढुंगा सावित हुनेछ

काठमाडौं, असोज ३० : सरकारले गैरआवासीय नेपालीलाई नागरिकता वितरण सुरु गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमाबीच प्रधानमन्त्री पुष्पकमल दाहालले एनआरएनएका अध्यक्ष कुल आचर्यालाई नागरिकता दिँदै नागरिकता वितरण सुरु गरेका थिए।

पहिलो एनआरएनए नागरिकता पाएपछि अध्यक्ष कुल आचार्यले अत्यन्तै सकारात्मक कार्यको थालनी भएको प्रतिक्रिया दिए। उनले नेपालको विकासमा संसारभरिका नेपालीलाई जोड्ने बाटो खुलेको र त्यो कोशेढुंगा सावित हुने बताए।

प्रधानमन्त्री दाहालले अध्यक्ष कुल आचार्यसँगै बद्री केसीलाई नागरिकता प्रदान गरेका दिए।

Photo-(6)(5)-1697517869.jpg

धेरै मिहेनत र लामो संघर्षपछि नागरिकता लिन सफल भएकोमा आचार्यल खुसी व्यक्त गरे। ‘पाँच वर्षयता बेलायतभन्दा धेरै समय म नेपालमा बसेर काम गरेकोछु,’ उनले भने, ‘मैले मात्र होइन हाम्रा धेरै अग्रजले समेत गरेको धेरै ठूलो प्रयासपछि आज एउटा सुरुआत भएको छ। यो सुरुवात अत्यन्तै सकारात्मक र नेपालको विकासमा एउटा ठूलो कोशेढुंगा सावित हुने विश्वास छ।’

लामो समय नेपाली नागरिकताबिहीन भएर बस्दा दुःख लाग्ने गरेको र विविध समस्या भोगेको उल्लेख गर्दै उनले नागरिकता पाएपछि जीवन सरल हुने र आफूहरुले सामाजिक, सांस्कृतिलगायत अन्य अधिकारहरु पनि पूर्ण रुपमा प्राप्त गर्दै जाने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: ११:४८ बजे, मंगलबार, असोज ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्