पर्यटन मन्त्रीद्वारा विमानस्थलमा छड्के
(4)-1697467777.jpg)
काठमाडौं, असोज २९ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको निरीक्षण गरेका छन्।
उनले, आन्तरिक विमानस्थलमा संचालनमा रहेका पसलहरुले महंगो मूल्य लिएको गुनासो आएपछि अनुगमनका लागि पुगेका हुन्। टर्मीनलमा रहेका पसलमा राखिएका सामानको मूल्य अत्यधिक भएको र हवाई टिकटमा पनि बढी रकम लिइएको गुनासो आएपछि मन्त्री किराती अनुगमनका लागि पुगेका हुन्।
(12)-1697467777.jpg?timestamp=1697467790228)
उनले आज विहानै पनि सरोकारवालासंग छलफल भएको र कम भाडा लिन सरोकारवालहरू तयार रहेको बताए। दसैंअघिका अधिकांक टिक बुकिङ भइसकेका छन्।
अनुगमनका क्रममा अधिकाशंले अनलाईनबाटै टिकट लिएको पाइएको भन्दै उनले ७ वर्ष अघिकै सहमति अनुसार नै पनि अधिकतम र न्यूनतम भाडाको फरक धेरै पाइएको र सोही अुनसार नै व्यवासायीले भाडा निर्धारण गरेको पाइएको बताए।
(9)-1697467777.jpg?timestamp=1697467795369)
कसैले तोकिएको भन्दा बढी भाडा लिए कारबाही गर्ने उनले बताए। ‘सरकारले, तोकेको भन्दा माथि टिकट त बेच्नै पाईँदैन्। पछिल्लो समयमा भ्याट जोडिएको छ। एयरपोर्टका अन्य भाडाहरु जोडिएको छ,’ उनले भने।
उनले आम नागरिकलाई सर्वसुलभ सेवा प्रवाहका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए।











