Kathmandu Press

जन्मसिद्ध जेष्ठता पाखण्डी कुरा हो : अध्यक्ष ओली

अरुले पुरानो पार्टी भनेता पनि एमाले नयाँ दृष्टि लिने र नयाँ भिजन दिने नयाँ पार्टी भएको दाबी गरे। पार्टीको हजारौं वर्ष आयु भएको भन्दै भर्खर ७५ मा चल्दै गरेको यूवा पार्टी भएको ओलीले बताए।
जन्मसिद्ध जेष्ठता पाखण्डी कुरा हो : अध्यक्ष ओली

काठमाडौं, असोज २९ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त वैज्ञानिक आधार विनाको पाखण्डी कुरा भएको टिप्पणी गरेका छन्।

सोमबार पार्टी कार्यालय च्यासलमा एमाले उपत्यका विशेष प्रदेश कमिटीको सपथ ग्रहण तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिक सर्वोच्चताको कुरा सुन्दा कान टकटक्याउने र रिस उठ्ने गरेको भन्दै जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त कुनै वैज्ञानिक आधार नभएको र कुनै तथ्य, तर्क नभएको पाखण्डी कुरा भएको बताएका हुन्।

‘अहिले पनि नागरिक सर्वोच्चता सहन नसक्ने । नागरिक सर्वोच्चताको कुरा सुन्दा कान टकटक्याउने। मेरो यो कुरा सुने नागरिक सर्वोच्चता भनेको सुनेपछि उनीहरूको कन्सिरी तात्छ। रिस उठ्छ,’ उनले भने ‘जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त भनेको कुनै वैज्ञानिक आधार नभएको, कुनै तथ्य तर्क नभएको यो एउटा पाखण्डी कुरा हो। पाखण्ड हो यसको पछाडि केही पनि छैन्।’

अरुले पुरानो पार्टी भनेता पनि एमाले नयाँ दृष्टि लिने र नयाँ भिजन दिने नयाँ पार्टी भएको दाबी गरे। पार्टीको हजारौं वर्ष आयु भएको भन्दै भर्खर ७५ मा चल्दै गरेको यूवा पार्टी भएको ओलीले बताए।

‘अरुले पुरानो पार्टी भन्छन् नि नयाँ दृष्टि हामीले लिन्छौं नयाँ भिजन हामीले दिन्छौं नयाँ बाछो हामीले खन्छौं। नयाँ काम गछौँ अनि केही पनि काम नगर्ने पार्टी नयाँ हुने नयाँ नयाँ काम गर्दै जाने चाँहि पुरानो हुने?,’ उलने भने, ‘त्यसैले हाम्रो नयाँ पार्टी हो। हजारौं वर्ष आयु भएको पार्टी भर्खर ७५मा चल्दैछ। भर्खर युवा हुँदै छ यो पार्टी।’

उनले मुलुकमा भ्रम छर्ने काम भएको भन्दै त्यसलाई चिर्ने काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका समेत छन्। नेपालजस्तो महान र गौरवपूर्ण इतिहास भएको र नेपाल जस्तो सम्भावना भएको देश अरु नरहेको जिकिर गरे।

 

 

प्रकाशित मिति: २०:०९ बजे, सोमबार, असोज २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्