Kathmandu Press

स्थायी सरकार बन्यो, जनतालाई केन्द्रमा राखेर काम गर्नुस् : मुख्यमन्त्री कार्की

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार मन्त्रालयका सचिव तथा कर्मचारीहरुसँग छलफल गर्दै कार्कीले काम गर्दा आफैलाई सन्तुष्टि मिलेको छ कि छैन् आत्मसात गरिनुपर्ने बताए।
स्थायी सरकार बन्यो, जनतालाई केन्द्रमा राखेर काम गर्नुस् : मुख्यमन्त्री कार्की

मोरङ, असोज २९ : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनतालाई केन्द्रमा राखेर सम्पादन गर्न कर्मचारीलाई निर्देशन दिएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार मन्त्रालयका सचिव तथा कर्मचारीहरुसँग छलफल गर्दै कार्कीले काम गर्दा आफैलाई सन्तुष्टि मिलेको छ कि छैन् आत्मसात गरिनुपर्ने बताए।

‘अब स्थायी सरकार बनेको छ । तपाईंहरु ढुक्क भए काम गर्नुहोस् । मन्त्री आउने जाने भइरहन्छ तर कर्मचारी मन्त्रीको होइन जनताको भएर काम गर्नुपर्छ,’  कार्कीले भने।

मुख्यमन्त्री कार्कीले सुशासन दिन सरकारले सम्झौता नगर्ने बताउँदै जनतालाई शासन होइन सेवा दिन राजनीतिकर्मी र कर्मचारी उत्तिकै जिम्मेवार हुनुपर्ने बताए। मन्त्रीसँगै जनताले कर्मचारीलाई पनि गाली गर्छन् भन्दै मन्त्रीले कर्मचारी र कर्मचारीले नेतालाई गाली गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए।

‘मन्त्रीलाई पनि जिम्मेवार बनाउनु पर्छ । अब सुन्ने मात्र होइन निकास दिनुपर्छ । जनताको अख्तियारीलाई सही सदुपयोग गर्नुपर्छ,’ उनले भने, ‘आफूले गरेको काम सन्तुष्ट हुने गरी गर्नुहोस । जनतलााई खुसी बनाउन सहकार्य गरौं।’

कार्कीले बजेट बनाउँदा खुद्रा भन्दा पनि प्रदेशस्तरको काम गर्ने गरी तयार गरिनु पर्नेमा जोड दिए । छलफलमा सहभागी विभिन्न मन्त्रालयका सचिवले सम्बन्धित मन्त्रालयबाट हुँदै आएका काम र समस्याबारे मुख्यमन्त्रीलाई जानकारी गराएका थिए।

प्रकाशित मिति: १८:५९ बजे, सोमबार, असोज २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्