भ्रष्टाचारविरुद्ध केही फाइल खुल्न अझै बाँकी : प्रधानमन्त्री
‘सुन तस्करीको तपाईंहरुले देख्नुभएको छ । यति मात्रै होइन, मैले अहिले भन्न मिल्दैन । अरु पनि केही फाइल छिट्टै खुल्दै छन्।
काठमाडौं, असोज २९ : प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारविरुद्धको केही फाइल छिट्टै खुल्ने प्रक्रियामा रहेको बताएका छन्।
धनगढीमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा प्रधानमन्त्रीले उक्त भनाई राखदेका हुन्। तर उनले के, कुन फाइल भनेर खुलाउन नमिल्ने बताए।
प्रधानमन्त्री दाहालले भने, ‘सुन तस्करीको तपाईंहरुले देख्नुभएको छ । यति मात्रै होइन, मैले अहिले भन्न मिल्दैन । अरु पनि केही फाइल छिट्टै खुल्दै छन्।’
भुटानी शरणार्थीको प्रक्रिया अघि बढ्दै गरेको उनले बताए। ललिता निवास प्रकरणमा निर्दोष नपरुन् भनेर अघि बढिएको बताउँदै दोषीलाई चाँडै कारबाहीको दायरमा ल्याइने दाहालको भनाइ थियो।
‘जो साथीहरुको बारेमा भ्रम थियो, त्यो भ्रम साफ भएको छ। जो दोषी छन्, ती पर्दैछन्,’ उनले भने। प्रधानमन्त्री दाहालले सरकारको उपलब्धिलाई उल्ट्याउने दुस्साहस विभिन्न रुपमा प्रकट भइरहेको समेत बताए।











