Kathmandu Press

‘इजरायल युद्धमा मृत्यु भएका नेपालीहरुको शव नेपाल ल्याउने तयारी भइरहेको छ’

सुदूरपश्चिम पत्रकार समाजले सोमबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री साउदले मृत्यु भएका १० मध्ये पाँचवटा शव इजरायल सरकारले हस्तान्तरण गरिसकेकाले छिट्टै नेपाल ल्याउने तयारी भइरहेको बताएका हुन्।
‘इजरायल युद्धमा मृत्यु भएका नेपालीहरुको शव नेपाल ल्याउने तयारी भइरहेको छ’

काठमाडाैं, असाेज २९ : परराष्ट्रमन्त्री एनपी साउदले इजरायल युद्धमा मृत्यु भएका नेपालीहरुको शव नेपाल ल्याउने तयारी भइरहेको बताएका छन्।

सुदूरपश्चिम पत्रकार समाजले सोमबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री साउदले मृत्यु भएका १० मध्ये पाँचवटा शव इजरायल सरकारले हस्तान्तरण गरिसकेकाले छिट्टै नेपाल ल्याउने तयारी भइरहेको बताएका हुन्।

अन्य पाँचवटा शवको जाँच प्रक्रिया पुरा भएपछि नेपाललाई बुझाउने उनले बताए। मन्त्री साउदले इजरायलमा बेपत्ता विद्यार्थी विपीन जोशीको खोजीका लागि हमाससँग सम्बन्ध भएका अन्य खाडी मुलुकका सरकारसँग पनि समन्वय भइरहेको जानकारी दिए। 

उनले पीडाका बेला एक हुन्छौ भन्ने उदाहरण इजरायल घटनाले देखाएको भन्दै संसद, राजनीतिक दलहरु, नागरिक समाजलगायत सबैप्रति आभार प्रकट गरे। 

प्रकाशित मिति: १७:२२ बजे, सोमबार, असोज २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्