बडादसैँको दोस्रो दिन, शक्तिपीठमा दर्शनार्थी [फोटो फिचर]
ब्रहमचारिणी देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ।![बडादसैँको दोस्रो दिन, शक्तिपीठमा दर्शनार्थी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/shakti-pith-1697454194.jpg)
काठमाडौं, असाेज २९ : नेपालीको महान चाड बडादशैं अन्तर्गत नवरात्रको दोस्रो दिन सोमबार देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिएको छ। ब्रहमचारिणी देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ।
-1697453907.jpg?timestamp=1697453923471)
ब्रहमचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रहम अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ।सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानव चोला सार्थक बनाउन साधकलाई ब्रहमचारिणी देवीको अनुकम्पा आवश्यक हुने बताइएको छ। ब्रहमचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ।
-1697453907.jpg?timestamp=1697454008608)
नवरात्र अन्तर्गत पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौंँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ। दुर्गाका यी नौ रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ। आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजाराधना गर्ने शास्त्रीय नियम छ। दशैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ।
-1697453901.jpg?timestamp=1697454019374)
-1697453900.jpg?timestamp=1697454019374)
-1697453893.jpg?timestamp=1697454019374)
-1697453893.jpg?timestamp=1697454019374)
-1697453898.jpg?timestamp=1697454019374)
-1697453898.jpg?timestamp=1697454019374)
-1697453892.jpg?timestamp=1697454019374)
-1697453892.jpg?timestamp=1697454019374)
-1697453887.jpg?timestamp=1697454019374)
-1697453887.jpg?timestamp=1697454019374)
-1697453886.jpg?timestamp=1697454019374)
-1697453886.jpg?timestamp=1697454019374)
-1697453886.jpg?timestamp=1697454019374)
-1697453886.jpg?timestamp=1697454019374)











