Kathmandu Press

कोशीका मुख्यमन्त्री कार्कीलाई माओवादीले विश्वासको मत दिने

आज बसेको माओवादी केन्द्र प्रदेश सचिवालय बैठकले पार्टी केन्द्रीय कमिटीको सहमति लिएर विश्वासको मत दिने निर्णय गरेको बताइएकाे छ। 
कोशीका मुख्यमन्त्री कार्कीलाई माओवादीले विश्वासको मत दिने

विराटनगर, असोज २९ : नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ।

आज बसेको माओवादी केन्द्र प्रदेश सचिवालय बैठकले पार्टी केन्द्रीय कमिटीको सहमति लिएर विश्वासको मत दिने निर्णय गरेको बताइएकाे छ। 

शनिबार मुख्यमन्त्रीमा नियुक्त कार्कीले बुधबार विश्वासको मत लिँदैछन्। नेकपा एमालेका ३९ र नेपाली कांग्रेस विद्रोही समूहका ८ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री बनेका हुन्।

माओवादी केन्द्र दलका नेता इन्द्र आङ्बोले पनि सत्ता गठबन्धनमा आबद्ध दलहरूको समर्थन लिएर मुख्यमन्त्रीमा दाबी गरे पनि मुख्य घटकका आठ जनाले समर्थन नगरेपछि उनले ब्याक हुनुपरेको थियो।

कोशीमा भएको राजनीतिक घटनाले केन्द्रीय सत्ता गठबन्धनमा पनि असर पुग्न सक्ने आकलन भइरहेका बेला प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कार्कीलाई पार्टीको समर्थन रहने बताएक थिए। 

प्रकाशित मिति: १६:२४ बजे, सोमबार, असोज २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्