सामाजिक सञ्जालबाट गलत सूचना प्रवाह हुँदा लोकतन्त्रको स्वस्थकर अभ्यासमा आघात : उपप्रधानमन्त्री खड्का
सोमबार काठमाडौैंमा आयोजित ‘नेपालमा इन्टरनेट र मिथ्या सूचना, लोकतन्त्र र प्रेस स्वतन्त्रतामा चुनौती’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजीक सञ्जालबाट हुने गलत र भ्रमपूर्ण सूचना प्रवाहले लोकतन्त्रको स्वस्थकर अभ्यासमा आघात पुर्याउनका साथै लोकतन्त्रको प्राण समेत मानिने प्रेस जगतलाई समेत प्रत्यक्ष असर पारेको बताएका हुन्।-1697442341.png)
काठमाडौं, असाेज २९ : उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्काले सामाजीक सञ्जालबाट हुने गलत र भ्रमपूर्ण सूचना प्रवाहले लोकतन्त्रको स्वस्थकर अभ्यासमा आघात पुर्याएको बताएका छन्।
सोमबार काठमाडौैंमा आयोजित ‘नेपालमा इन्टरनेट र मिथ्या सूचना, लोकतन्त्र र प्रेस स्वतन्त्रतामा चुनौती’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजीक सञ्जालबाट हुने गलत र भ्रमपूर्ण सूचना प्रवाहले लोकतन्त्रको स्वस्थकर अभ्यासमा आघात पुर्याउनका साथै लोकतन्त्रको प्राण समेत मानिने प्रेस जगतलाई समेत प्रत्यक्ष असर पारेको बताएका हुन्।
उनले भने,‘सामाजीक सञ्जालबाट हुने गलत भ्रमपूर्ण सूचना प्रवाह र घृणात्मक संवाद लोकतन्त्रको स्वस्थकर अभ्यासले आघात पुर्याउने गरेको सबैले अनुभव गरेको साझा सत्य हो। यस किसिमको सूचना र संवादले लोकतन्त्रको प्राण समेत मानीने प्रेस जगतलाई समेत प्रत्यक्ष असर पारेको हुन्छ। त्यस तर्फ सजग हुनुपर्छ।’
उपप्रधानमन्त्री खड्काले देशमा सूचना प्रविधिको तिब्र विकासले अवसरसँगै चुनौती पनि सिर्जना गरेको बताए। देशमा सूचना प्रविधिको तिब्र विकासले अवसरसँगै चुनौती सिर्जना गरेको भन्दै राष्ट्रिय सुरक्षाको हिसाबले सो चुनौतीलार्ई नजरअन्दाज गर्न नमिल्ने उनको भनाइ छ।
‘हाम्रो देशमा सूचना प्रविधिको तीब्र विकासले एकातिर बिभिन्न क्षेत्रमा बिभिन्न अवसरहरूको सृजना गरेको छ भने अर्कोतिर केही चुनौती पनि सृजना गरेका छन्। राष्ट्रिय सुरक्षाको हिसाबले दृष्टिगत समेत यसलाई नजरअन्दाज गर्न मिल्दैन्’ उनले भने।











