देवी दुर्गाको संघर्ष र शक्ति दर्साउने नृत्य [तस्बिरहरू]
राष्ट्रिय नाचघरमा दशैको सुरुवाती दिन धस्थापनाको अवसर परेर कायाकल्प (बिकमिङ हर) नृत्य शृंखला ७ आयोजना गरिएको हो।![देवी दुर्गाको संघर्ष र शक्ति दर्साउने नृत्य [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/dance-1697451212.jpg)
काठमाडौं, असाेज २९ : एस्थेटिक डान्स स्टुडियोले दशैंको अवसरमा आइतबार नृत्य शृंखला आयोजना गरेको छ। राष्ट्रिय नाचघरमा दशैको सुरुवाती दिन धस्थापनाको अवसर परेर कायाकल्प (बिकमिङ हर) नृत्य शृंखला ७ आयोजना गरिएको हो।

नेपालमा नृत्य विधालाई थप विकसित गर्ने उद्देश्यले केहीसमय यता ‘नृत्य श्रृंखला’ संचालन गरिरहेको छ। २०७९ वैशाख महिनाबाट सुरु भएको यो श्रृंखलाको ७ सिजन कायाकल्प (बिकमिङ हर) आइतबार साँझ राष्ट्रिय नाचघरमा सम्पन्न भयो।

बडादशैं को अवसरमा नवदुर्गा भवानीको ‘थिम’मा आयोजना गरिएको कार्यक्रममा देवी दुर्गाको संघर्ष र शक्तिलाई नृत्यकथा को माध्यमबाट प्रस्तुत गरिएको थियो। करिब डेढ घण्टाको कार्यक्रममा २५ भन्दा बढी कलाकारले नृत्यबाट कथालाई वर्णन गरेका थिए।साथै कलाकारहरुको माध्यम देखि दशैँमा सबै परिवार संगै हुन नपाउनुको पिडा लाइ पनि नृत्यकथा द्वारा प्रस्तुत गरिएको थियो।


























