Kathmandu Press

‘सत्यको खोज’, ‘कवि-कविताको छवि’ र ‘शास्त्रीय नेवार साहित्य’ प्रकाशित

एजुकेसनल पब्लिसिङ हाउसद्वारा प्रकाशित ती कृतिमा जितेन्द्र रसिककृत जोशीको जीवनी ‘सत्यको खोज’ र आर मानन्धरकृत जनकवि दुर्गालालको जीवनी ‘कवि-कविताको छविः दुर्गालाल श्रेष्ठ’ तथा प्रा डा कमलप्रकाश मल्लद्वारा ४४ वर्षअघि लिखित ‘क्लासिकल नेवार लिटरेचर’ (शास्त्रीय नेवार साहित्य)  छन्।  
‘सत्यको खोज’, ‘कवि-कविताको छवि’ र ‘शास्त्रीय नेवार साहित्य’ प्रकाशित

काठमाडौं, असोज २९ : वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र जनकवि दुर्गालाल श्रेष्ठका जीवनी तथा नेपालभाषा साहित्यसम्बन्धी प्राज्ञिक अनुसन्धानात्मक पुस्तक बजारमा आएका छन्। 

एजुकेसनल पब्लिसिङ हाउसद्वारा प्रकाशित ती कृतिमा जितेन्द्र रसिककृत जोशीको जीवनी ‘सत्यको खोज’ र आर मानन्धरकृत जनकवि दुर्गालालको जीवनी ‘कवि-कविताको छविः दुर्गालाल श्रेष्ठ’ तथा प्रा डा कमलप्रकाश मल्लद्वारा ४४ वर्षअघि लिखित ‘क्लासिकल नेवार लिटरेचर’ (शास्त्रीय नेवार साहित्य)  छन्।  

Hardik ivf

हालै आयोजित  विमोचन कार्यक्रममा कवि श्रेष्ठले आफू अब आफ्नो शरीरमा हैन, जीवनी किताबमा रहेको बताए। समीक्षक  सुरेश किरणले दुर्गालाल जनताको कवि भएको र उहाँका बारे जान्न चाहनेलाई पुस्तक निकै महत्त्वपूर्ण रहेको बताए। 

साहित्यकार तथा तथा अधिकारकर्मी मल्ल के सुन्दर र प्रा डा अभि सुवेदीले ‘शास्त्रीय नेवार साहित्य’ प्राचीन नेपालभाषामा लेखिएका सयौँ कृतिको गम्भीर अनुसन्धानको नतिजा रहेको र यसले अन्वेषकहरूलाई अझै थप शोध–अध्ययनका लागि ढोका खोलिदिएको विचार राखे। 

लेखक रसिकले जोशी युगको ज्योति भएको र उनका बारे जति लेखे पनि नसकिने बताए। जीवनी लेखक मानन्धरले कवि दुर्गालाललगायत अग्रज भाषिक योद्धाहरूको योगदानका कारण आज तामाङ र नेपाल भाषाले बल्ल सरकारी मान्यता पाउन सफल भएको जनाउँदै अब उहाँहरूको अंश बोकेर आफूहरू सबै जाग्नुपर्ने औँल्याए।

समीक्षक गोपीकृष्ण ढुङ्गानाले सत्यको खोज जोशीको जीवनको गहिराइमा पसेर लेखिएको र पुस्तकका हरेक परिच्छेद अनुसन्धानमूलक भएको जिकिर गरे भने जोशीका ज्येष्ठ सुपुत्र अणुराजले ‘सत्यको खोज’ भित्र आफ्ना पिताको इतिवृत्तान्त समावेश रहेको स्वीकार गरे। 

प्रकाशित मिति: १५:२५ बजे, सोमबार, असोज २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्