Kathmandu Press

सभापति देउवाले उपसभापति र महामन्त्रीसँग छलफल गर्ने  

सभापति देउवाले उपसभापति र महामन्त्रीसँग छलफल गर्ने  

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोशी प्रदेशको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न उपसभापति र महामन्त्रीहरुलाई बोलाएका छन्।

सभापति देउवाले धुम्बाराहीस्थित निजी निवासमा छलफल गर्ने दिउँसो ४ बजेका लागि उपसभापति र महामन्त्रीलाई डाकेका हुन्।

कोशी प्रदेशमा काँग्रेस नेता डा. शेखर कोइराला निकट केदार कार्की एमालेको सहयोगमा मुख्यमन्त्री बनेका थिए। कार्की मुख्यमन्त्री बनेपछि कोशी प्रदेश संसदीण्य दलको नेता उद्धव थापा र उपनेता हिमाल कार्कीले पदबाट राजीनामा दिएका छन्। 
 

प्रकाशित मिति: १५:१० बजे, सोमबार, असोज २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्