कोशीका मुख्यमन्त्री कार्कीले कात्तिक १ गते विश्वासको मत लिने

विराटनगर, असोज २८ : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आगामी कात्तिक १ गते विश्वासको मत लिने तयारी गरेका छन् ।
कोशी प्रदेशमा कात्तिक १ गते प्रदेशसभा बैठक बस्दै छ। सोही दिन कार्कीले विश्वासको मत लिने तयारी गरेका हुन्। आजै विश्वासको मत लिने प्रस्तावको सूचना प्रदेशसभा सचिवलाई दिइने भएको छ।
प्रदेश सभा बैठक बस्नुअघि मुख्यमन्त्री कार्कीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफलको तयारी समेत गरेका छन्।
प्रकाशित मिति: १५:०६ बजे, सोमबार, असोज २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











