अफलाइनमा बसेर पठाओ र इन्ड्राइभ गर्ने ८३ चालक पक्राउ

काठमाडौं, असोज २९ : अफलाइनमा बसेर पठाओ र इन्ड्राइभ सेवाका नाममा 'राइड सेयरिङ' काराेबारमा संलग्न भएकाे आरोपमा गरेको आरोपमा प्रहरीले ८३ जना मोटरसाइकल चालकलाई पक्राउ गरेको छ ।
पठाओ र इन्ड्राइभ सेवाका नाममा अनधिकृत रुपमा सर्वसाधारण ओसारपसार गर्ने ८३ जनालाई आइतबार काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएकाे छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक कुमोध ढुंगेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा विगतका केही आपाराधिक घटनामा यस्ता सवारी चालकको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलतालाई दृष्टिबाट सदैव जोखिम सिर्जना हुने भएको कारणले अफलाइन राइड शेयर नगर्ने तर्फ सचेत रहन अनुरोध गरिएको छ।
सुरक्षा संवेदनशीलताको दृष्टिमा अफलाइन राइड सेयर जोखिमपूर्ण रहेको प्रहरीले बताउँदै आएकाे छ । विगतमा केही आपराधिक घटनामा यस्ता सवारी साधनको संलग्नता देखिएको प्हरीकाे भनाइ छ।
प्रहरीले यसरी अनधिकृत रूपमा 'राइड सेयरिङ' काराेबार गर्नेमाथि निगरानी बढाएकाे छ। सर्वसाधारणलाई पनि अफलाइनमा राइड सेयर नगर्न प्रहरीकाे आग्रह छ।











