Kathmandu Press

राष्ट्र बैंकमा नयाँ नोट साट्नेकाे भिड [फाेटाेफिचर]

काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकहरुका शाखामा नयाँ नोट साट्न पाइने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकमा नयाँ नोट साट्नेकाे भिड [फाेटाेफिचर]

काठमाडाैं, असाेज २९ : नेपाल राष्ट्र बैंकले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी नयाँ नोट सटही सुरु गरेको छ। राष्ट्र बैंकले हरेक वर्ष चाडबाडको समयमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ। काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकहरुका शाखामा नयाँ नोट साट्न पाइने व्यवस्था गरिएको छ।

-MG-0630-1697444122.JPG

काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकहरुले राष्ट्र बैंकबाट त्यस्ता नोट लिएर सटही सुविधा दिइरहेका छन्। रू. पाँच, १०, २०, ५० र एक सय दरका नयाँ नोट साट्न पाइने बैंकले जनाएको छ। नयाँ नोट सटही सुरु भएसँगै बालुवाटारस्थित राष्ट्र बैंकका सर्वसाधारणको लामो लाइन लागेको थियो। 

-MG-0606-1697444120.JPG

पहिले विकास बैंक र फाइनान्स कम्पनीबाट पनि सटही हुन्थे। त्यसबाहेक बैंकका हरेक शाखाहरुबाट वितरण हुन्थ्यो। यसपालि राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सीमित शाखाहरुबाट मात्रै नोट बाँड्ने व्यवस्था मिलाएको छ। केही बैंकले नोट सटही गर्ने शाखाहरुको सूची निकालेका छन्।

-MG-0733-1697444130.JPG

-MG-0814-1697444130.JPG

-MG-0706-1697444124.JPG

-MG-0690-1697444123.JPG

-MG-0556-1697444120.JPG

-MG-0663-1697444122.JPG

-MG-0505-1697444117.JPG

-MG-0534-1697444117.JPG

4H0A8459-1697444116.JPG

4H0A8467-1697444116.JPG

naya-note-1697430752.jpg

4H0A8472-1697444116.JPG

-MG-0490-1697444116.JPG

प्रकाशित मिति: १४:०२ बजे, सोमबार, असोज २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्