Kathmandu Press

समाजवादी मेर्चाले आज धनगढीमा आज सन्देश सभा गर्ने

भदौ १३ गते पहिलो पटक र २६ भदौमा दोस्रो पटक स्थगित भएको उक्त सन्देश सभा आज दिउँसो धनगढीमा आयोजना हुँदैछ।
समाजवादी मेर्चाले आज धनगढीमा आज सन्देश सभा गर्ने
फाइल तस्बिर।

काठमाडौं, असोज २९ : समाजवादी मोर्चाले आज कैलालीको धनगढीमा सन्देश सभा गर्ने भएको छ।

सन्देस सभामा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष मावधकुमार नेपाललगायत मोर्चामा आबद्ध दलका शीर्ष नेता सहभागी हुनेछन्।

भदौ १३ गते पहिलो पटक र २६ भदौमा दोस्रो पटक स्थगित भएको उक्त सन्देश सभा आज दिउँसो धनगढीमा आयोजना हुँदैछ।

कार्यक्रममा माओवादी अध्यक्ष दाहाल, नेकपा एसका अध्यक्ष नेपालसहित नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत पनि सहभागी हुनेछन्।

प्रकाशित मिति: १०:३८ बजे, सोमबार, असोज २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्