Kathmandu Press

पेट्रोलमा ११ र डिजेलमा ५ रुपैयाँ घट्यो

निगलले आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो।
पेट्रोलमा ११ र डिजेलमा ५ रुपैयाँ घट्यो

काठमाडौं, असोज २८ : नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ।

निगलले आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो।

इन्डियन आयल कर्पोरेसनबाट घटेर नयाँ मूल्य आएपछि नेपाल आयल निगमले सोही अनुसार मूल्य समायोजन गरेको हो।

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ।

oil-15102023035714-1000x0-1697380784.jpg

प्रकाशित मिति: २०:२६ बजे, आइतबार, असोज २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्