गठबन्धन सरकार मुलुकको समस्याप्रति गम्भीर छैन : विष्णु पौडेल
प्रेस चौतारी रुपन्देहीले आइतबार बुटवलमा गरेको कार्यक्रममा बोल्दै पौडेलले देशमा बेथिति र समस्याका चाङहरू हुँदा समेत सरकारको ध्यान सत्ता टिकाउनकै लागि केन्द्रित भएको बताए।
काठमाडाैं, असाेज २८ : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकार मुलुकको समस्याप्रति गम्भीर नबनेको आरोप लगाएका छन्।
प्रेस चौतारी रुपन्देहीले आइतबार बुटवलमा गरेको कार्यक्रममा बोल्दै पौडेलले देशमा बेथिति र समस्याका चाङहरू हुँदा समेत सरकारको ध्यान सत्ता टिकाउनकै लागि केन्द्रित भएको बताए।
कर्मचारीले ऋण गरेर तलब खुवाउनुपर्ने अवस्था र निर्माण सम्पन्न गरेका आयोजनाहरुको भुक्तानी गर्न नसकेको अवस्थामा सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ ।
त्यस्तै उहाले मुलुकको राष्ट्रपति रामचन्द्र पौडेलले पदीय मर्यादा बिपरीत दलको नेताहरु भएर काम गर्न नहुने बताउनुभयो । पौडेलले सरकारले अपराधीलाई प्रोत्साहन गरेर पीडितलाई तर्साउन खोजेको जिकिर गरे।
उनले धार्मिक सदभावमा र साम्प्रदायिक सदभाव खलवलाउने प्रयासबिरुद्ध सचेत बन्नुपर्ने धारणा राखे।
प्रकाशित मिति: १७:२९ बजे, आइतबार, असोज २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार