Kathmandu Press

कोशीमा सहमतिको सरकार बन्ने मुख्यमन्त्री कार्कीकाे दाबी

कोशीमा सहमतिको सरकार बन्ने मुख्यमन्त्री कार्कीकाे दाबी

विराटनगर, असोज २८ : नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा सहमतिको सरकार बन्ने दाबी गरेका छन्।

प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आइतबार पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सहमतिको सरकार बन्ने बताएका हुन्। कार्कीले आफू नेतृत्वमा सरकार बनेपछि मध्यावधि निर्वाचनमा जाने खतरा टरेको र प्रदेशको राजनीतिक संकट समाधान भएको जिकिर गरे।

‘प्रदेशसभा विघटन हुन्छ कि मध्यावधि हुन्छ कि, मतदानमा जानुपर्छ कि, राज्यको ढुकुटी कहीँकतै बीचैमा खर्च हुन्छ कि भन्ने चिन्ता समाप्त भएको छ,’ उनले भने। उनले प्रदेशमा सबैखाले  विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए।

प्रकाशित मिति: १६:३३ बजे, आइतबार, असोज २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्