एनआरएनको निर्वाचन प्रक्रिया अगाडि बढ्याे

काठमाडाैं, असाेज २८ : गैरआवासीय नेपाली संघ एनआरएनको निर्वाचन प्रक्रिया अगाडि बढेको छ।
एनआरएनएको ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढेको हो। एनआरएनको असोज ३० देखि कत्तिक ३ गतेसम्म काठमाडौंमा महाधिवेशन हुँदैछ।
त्यस्तै कात्तिक २ गते २४ घण्टा अनलाइनबाट मतदान हुने निर्वाचन कार्यतालिका रहेको एनआरएनको निर्वाचन समितिका सदस्य चिरञ्जीवि ढकालले जानकारी दिए।
एनआरएनएले पहिलोपटक अनलाइन माध्यमबाट मतदान गर्ने व्यवस्था गरेको छ। अनलाइन मतदान हुने भएकाले मतदाताले मतदान गर्नैका लागि महाधिवेशनस्थल नेपालमा आउनु नपर्ने तर उम्मेदवारले उम्मेदवारी दिन र उम्मेदवारका प्रस्तावक र समर्थकले भने सनाखतका लागि महाधिवेशनस्थल नेपाल अनिवार्य आउनुपर्ने व्यवस्था रहेको उनले बताए।
असोज २९ गतेसम्म उम्मेदवारले प्रस्तावक र समर्थकसहितको सनाखत महाधिवेशनस्थलमै उपस्थित भएर गरिसक्नुपर्ने उहाले जानकारी दिए।
एनआरएनएको महाविधेशनमा अध्यक्षद्वय बद्री केसी र रविना थापा, उपाध्यक्षद्वय महेश श्रेष्ठ र आरके शर्मा लगाएतले नेतृत्वको दावी गरेका छन्। महाधिवेशनमा कुल ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीका लागि निर्वाचन हुनेछन्।











