मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ
मुख्यमन्त्री कार्कीले आफ्नो दल कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई समेटेर आजै तीन सदस्यीय मन्त्रिपरिषद पनि बनाएका छन्।
विराटनगर, असोज २८ : शनिबार मुख्यमन्त्रीमा नियुक्त कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष शपथ लिएका हुन्।
मुख्यमन्त्री कार्कीले आफ्नो दल कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई समेटेर आजै तीन सदस्यीय मन्त्रिपरिषद पनि बनाएका छन्।
राई र रानाले पनि आजै पद तथा गोपनीयताको शपथ लिए। उनीहरुलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने टुंगो लगाउन बाँकी छ।
कांग्रेसका २९ मध्ये ८ जना र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त भएका हुन्। शपथपछि सञ्चारकर्मीसँग उनले कोशीमा सहमतीय सरकार बन्ने बताए।
प्रकाशित मिति: १६:१५ बजे, आइतबार, असोज २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











