इजरायल र हमासविको युद्धमा १२ जना पत्रकार मारिए

काठमाडौं, असोज २८ : इजरायल र हमासचिवको युद्धमा परी कम्तीमा १२ जना पत्रकार मारिएका छन्।
कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सिपिजे) लाई उद्धृत गर्दै सिएनएनले जनाए अनुसार इजरायल र हमासविच संघर्ष चर्किएको आठौं दिनसम्म १२ जना पत्रकारहरू मारिएका हुन्।
सिपिजेले जनाए अनुसा। हमासले इजरायलमाथि आक्रमण गरेयता दुईजना पत्रकार सम्पर्कविहीन रहेको र आठ जना घाइते भएका छन्। मारिनेमध्ये १० जना प्यालेस्टाइनका र एक जना इजरायलका पत्रकार छन्।
मारिनेमा प्यालेस्टाइनबाट सञ्चालिन न्युज पोर्टल अल खम्सा न्युजका प्रधान सम्पादक अल तविल समेत छन्।
यस्तै अलअक्सा रेडिओका हुसम मुबारक, अल–अस्त्र रेडिओका अहमद शेहब लगायतका पत्रकारहरू मारिएको सिपिजेले जनाएको छ। सिपिजेले इजरायल–हमास लडाइँमा पत्रकारहरूको अवस्थाबारे अध्ययन गरिरहेको छ।
प्रकाशित मिति: १५:५६ बजे, आइतबार, असोज २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











