Kathmandu Press

दसैं बिदामा पनि सर्वोच्चमा बन्दी प्रत्यक्षकरण रिटमा सुनुवाइ

बिदामा प्रत्येक दिन बिहान ११ देखि ३ बजेसम्म सुनुवाई हुने सर्वोच्चले जनाएको छ। दसैंको घटनस्थापनादेखि कोजाग्रत पूर्णिमाका दिनसम्म अदालत बन्द हुने छ।
दसैं बिदामा पनि सर्वोच्चमा बन्दी प्रत्यक्षकरण रिटमा सुनुवाइ

काठमाडौं, असाेज २८ : दसैं बिदामा पनि सर्वोच्च अदालतमा प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने भएको छ। 

बिदामा प्रत्येक दिन बिहान ११ देखि ३ बजेसम्म सुनुवाई हुने सर्वोच्चले जनाएको छ। दसैंको घटनस्थापनादेखि कोजाग्रत पूर्णिमाका दिनसम्म अदालत बन्द हुनेछ।

थुनामा रहेका बन्दीहरुको अधिकार संरक्षणका लागि रिट निवेदन दर्ता र सुनुवाइको सुविधा दिइएको हो।

सर्वोच्चले आइतबार सूचना प्रकाशित गरी विदाका दिन बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइ गर्ने न्यायाधीशको सूची सार्वजनिक गरेको छ। 

प्रकाशित मिति: १५:५४ बजे, आइतबार, असोज २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्