Kathmandu Press

पूर्व राजदम्पतीले सर्वसाधारणलाई टीका लगाइदिने

पूर्व राजदम्पतीले सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौँ, असाेज २८ : पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीका दिन शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन्।

शाहको संवाद सचिवालयले एक विज्ञप्ति जारी गर्दै पूर्वराजा शाह र कोमल शाहले निर्मल निवासमा विजयादशमीको दिन अपराह्न चार बजेदेखि टिका लगाइदिने जानकारी दिएको हो। 

यस वर्षको विजयादशमी आगामी कार्तिक ७ गते परेको छ। पूर्व राजदम्पतीले हरेक वर्ष सर्वसाधारणलाई टीका लगाइदिने गरेका छन्। 
 

प्रकाशित मिति: १५:४६ बजे, आइतबार, असोज २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्