Kathmandu Press

सरकारमा फर्किन नपाइने चिन्ताले गठबन्धन उल्टाउने कोसिसमा प्रतिपक्षी लागेकाे प्रधानमन्त्रीको दाबी

सरकारमा फर्किन नपाइने चिन्ताले गठबन्धन उल्टाउने कोसिसमा प्रतिपक्षी लागेकाे प्रधानमन्त्रीको दाबी

काठमाडौं, असाेज २८ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनलाई कमजोर पार्ने र उल्टाउने कोसिस भइरहेको टिप्पणी गरेका छन्। 

आइतबार भरतपुर महानगरपालिकाका ३ मा आयोजित एक कार्यक्रमा उनले, कहिल्यै सरकारमा फर्किन नपाइने चिन्ताले गठबन्धनलाई कमजोर पार्ने र उल्टाउने कोसिस भइरहेको बताएका हुन्। सरकारले बनाएको मजबुत विदेशी सम्बन्धले नेपाललाई राजनीति स्थायित्व दिने र अब त्यसो भयो भने सरकारमा फर्किन सकिन्न भन्ने त्रासले गठबन्धनलाई कमजोर पार्ने प्रयास भएको उनको तर्क छ। 

उनले भने ,‘ एकथरी मानिस छटपटिएका छन्। उनीहरुलाई के गरी गठबन्धन कमजोर पार्ने कसरी उल्टाउने यो गठबन्धनले यसरी नै सुशासन ,सामाजिक न्यायको समृद्धिको र देशको राष्ट्रिय स्वाधिनतालाई अझ बलियो बनाउने ,भारत अमेरिका र चीनसँगको सम्बन्धलाई मजबुत  बनाउने भनेको नेपाललाई राजनीति स्थायित्व र विकासको नयाँ गति दिने प्रकृया पनि हो। यसबाट अब फेरि कहिँल्यै सरकारमा फर्किन पाइँदैन कि भनेर एकथरी चिन्तित छन्।’ 
उनले कोसी प्रदेशमा गठबन्धनले राम्रो गरेको देख्न नसकेर विभाजन ल्याउने खेल भएको आरोप लगाए। सभापति देउवा र शेखर कोइरालाबीचको समझदारीले त्यो खेल अन्त्य गरिएको उनको भनाइ छ। 

उनले भने, ‘कोसी प्रदेशमा गठबन्धनले राम्रो गरेको देख्न नसकेर एक थरि मानिस खेल खेल्न सकिन्छ कि भनेर कुनै तरिकाले विभाजन ल्याउन सकिन्छ कि भनेर योजना अन्र्तगत काम गरे। तर शेरबहादुर देउवा र शेखर कोइरालाबीच समझदारी गरेर त्यो खेल अन्त्य गरिएको छ। अब यो गठबन्धनले पूर्ण कार्यकाल यही गतिमा काम गर्ने प्रतिवद्धता म गर्न चाहन्छु।’ प्रधानमन्त्री प्रचण्डले आफ्नो विदेश भ्रमणमा भएका समझदारी र सहमतिले नेपालको प्रतिष्ठा, राष्ट्रिय स्वाधीनता  र असंलग्न र स्वतन्त्र परराष्ट्रनीतिलाई नयाँ उचाइमा उठाएको विश्वास व्यक्त गरे। 
 

प्रकाशित मिति: १४:२६ बजे, आइतबार, असोज २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्