Kathmandu Press

हनुमानढोका दसैंघरमा राखियाे जमरा

हिन्दूहरूको महान चाड बडादसैंको पहिलो दिन पनि हो घटस्थापना। आजको दिन दुर्गा भवानीलाई घरघरमा स्थापना गरी जमरा राखिन्छ।
हनुमानढोका दसैंघरमा राखियाे जमरा

काठमाडौं, असाेज २८ : यस वर्षको वडा दशैं आइतबारबाट सुरु भएको छ। नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिएको छ। यसैक्रममा काठमाडौंको हनुमानढोकास्थित दसैंघरमा र हिन्दु धर्मावलम्बीहरुका घरमा जमरा राखिएको छ।

0U7A3418-1697355100.jpg

आजदेखि नवमीसम्म घटस्थापना स्थलमा पूजाआजा गरिन्छ। नवरात्री आरम्भको पहिलो दिन आश्विन शुक्ल पक्ष प्रतिपदालाई घटस्थापना भनिन्छ। हिन्दूहरूको महान चाड बडादसैंको पहिलो दिन पनि हो घटस्थापना। आजको दिन दुर्गा भवानीलाई घरघरमा स्थापना गरी जमरा राखिन्छ।

0U7A3383-1697355099.jpg

विधिवत् मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साइत ११ बजेर २९ मिनेटको साइतमा जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाले मंगल धुन बजाएको थियो भने बन्दुक पड्काएर बढ्याइँ गरिएको थियो। बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिएको मूल पुजारी सागर खरेलले जानकारी दिए। 

0U7A3395-1697355099.jpg

यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ । घटस्थापानापछि दशैंको चहलपहल पनि सुरु हुन्छ।

0U7A3350-1697355098.jpg

दशैंभर हरेक दिन प्रमुख शक्ति पिठहरु भद्रकाली, महालक्ष्मी, दक्षिणकाली, गुहेश्वरी, मैतिदेवी, खाडादेवी, कालीमाईलगायत देशका अन्य स्थानका शक्ति पिठमा समेत दुर्गा भवानीको पूजा हुन्छ। त्यसैगरी देवदेवीका मन्दिर र शक्तिपीठहरूमा शक्तिरुपा दुर्गाको पूजा आराधना गरिन्छ। विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटाको पूर्ण घडा स्थापना गरिन्छ। बडा दसैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ।

0U7A3252-1697355097.jpg

0U7A3256-1697355097.jpg

0U7A3209-1697355096.jpg

0U7A3181-1697355096.jpg

0U7A3217-1697355096.jpg

0U7A3240-1697355096.jpg

Hunuman-Dokha-Ghatasthapana-Photo-(13)-1697357689.jpg

Hunuman-Dokha-Ghatasthapana-Photo-(2)-1697357689.jpg

Hunuman-Dokha-Ghatasthapana-Photo-(4)-1697357690.jpg

Hunuman-Dokha-Ghatasthapana-Photo-(7)-1697357690.jpg

Hunuman-Dokha-Ghatasthapana-Photo-(3)-1697357689.jpg

Hunuman-Dokha-Ghatasthapana-Photo-(1)-1697357689.jpg

प्रकाशित मिति: १३:३१ बजे, आइतबार, असोज २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्