Kathmandu Press

राजनीतिक दलमा आबद्ध भए एनआरएनए चल्दैन : पूर्वपरराष्ट्रमन्त्री खड्का 

आइतबार विजया दशमीको अवसरमा आयोजित गैर आवासीय नेपाली संस्कृति र लगानी संवाद तथा चियापान कार्यक्रममा उनले नेपाली राजनीतिमा हरेक क्षेत्रमा राजनीतिकरण बढी मात्रामा भएको बताए। 
राजनीतिक दलमा आबद्ध भए एनआरएनए चल्दैन : पूर्वपरराष्ट्रमन्त्री खड्का 

काठमाडौं, असाेज २८ : पुर्व परराष्ट्रमन्त्री नारायण खड्काले गैरआवासीय नेपाली स.घ (एनआरएनए) लाई कुनै पनि राजनीतिक पार्टीसँग आवद्ध नहुन आग्रह गरेका छन्। 

आइतबार विजया दशमीको अवसरमा आयोजित गैर आवासीय नेपाली संस्कृति र लगानी संवाद तथा चियापान कार्यक्रममा उनले नेपाली राजनीतिमा हरेक क्षेत्रमा राजनीतिकरण बढी मात्रामा भएको बताए। 

कार्यक्रममा उनले भने, ‘एनआएनहरुलाई मेरो आग्रह तपाईहरु कुनै पनि राजनीतिक दलसँग आवद्ध नभइदिनुस्। नेपालमा हरेक क्षेत्रमा राजनीति छ। यसले गर्दा विकृति विसंगति बढेको छ। यहाँको राजनीतिक दलसँग आवद्ध भएर चल्नुभयो भने एनआरएन चल्दैन।’

उनले विदेशिनेको संख्या बढ्दो क्रममा देखिएको र नेपाल प्रतिको एनआरएनको सदभाव रहेको बताए।

प्रकाशित मिति: १२:४१ बजे, आइतबार, असोज २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्