एमालेबाट दुई मन्त्रीसहित कोशीमा तीन सदस्यीय मन्त्रिमण्डल बनाउने कार्कीकाे तयारी

विराटनगर, असाेज २८ : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिँदैछन् । एमालेसँग छलफलपछि आजै दुईजना मन्त्री पनि नियुक्त हुने भएका छन् ।
मुख्यमन्त्री कार्कीले उनले शपथ लिएपछि आजै एमालेबाट रामबहादुर राना र कांग्रेसका शम्सेर राईलाई मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।
उनले नियुक्त गरेपछि मन्त्रीहरुले पनि आजै शपथ लिने कार्यक्रम छ ।
नेपाली कांग्रेस शेखर कोइराला पक्षका ८ जना सांसद र एमालेका ३९ सांसदको समर्थनमा कार्की शनिवार मुख्यमन्त्री नियुक्त भएका थिए ।
प्रकाशित मिति: १२:३१ बजे, आइतबार, असोज २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1784031842.jpg)




-1784031842.jpg)

