Kathmandu Press

कोशीका मुख्यमन्त्री कार्कीको शपथ आज, सानो आकारको मन्त्रिमण्डल विस्तार हुने

कोशीका मुख्यमन्त्री कार्कीको शपथ आज, सानो आकारको मन्त्रिमण्डल विस्तार हुने

मोरङ, असोज २८ : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज आइतबार पद तथा गोपनीयताको शपथ लिँदैछन्। शपथसँगै मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन्।

मुख्यमन्त्री कार्कीको शपथग्रहण दिउँसो २ बजे प्रदेश प्रमुखको कार्यालयमा हुनेछ। कार्कीले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन्।

प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई शनिबार कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। कार्की संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

मुख्यमन्त्रीका लागि कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि दाबी गरेका थिए। उनलाई गठबन्धन दलले मुख्यमन्त्रीका लागि समर्थन गरेका थिए।

केन्द्रमा भएको सहमतिप्रति असन्तुष्ट कांग्रेसको शेखर कोइराला पक्षका केही सांसदहरु तथा नेकपा एमालेका सांसदहरुको समर्थनमा कार्कीले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए।

दुवैजनाको पक्षमा ४७–४७ सांसद्को समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले सनाखतका लागि बोलाएका थिए । त्यस क्रममा कार्कीका पक्षमा बहुमत सांसद देखिएपछि उनैलाई मुख्यमन्त्री नियुक्त गरिएको हो।

 

प्रकाशित मिति: ११:०६ बजे, आइतबार, असोज २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्