Kathmandu Press

मनाङ एयर हेलिकोप्टर दुर्घटना: पाइलट सेढाईंलाई थप उपचारका लागि भारत लैजाने तयारी

हेलिकोप्टल अतवरण गर्ने क्रममा गम्भीर घाइते भएका उनलेका मुख, हातखुट्टालगायत शरीरका ४५ देखि ५० प्रतिशत शरीर जलेको बताइएको छ।
मनाङ एयर हेलिकोप्टर दुर्घटना: पाइलट सेढाईंलाई थप उपचारका लागि भारत लैजाने तयारी

काठमाडौं, असोज २७ : शनिबार बिहान मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते भएका पाइलट प्रकाश सेढाईंलाई थप उपचारका लागि भारत लैजाने तयारी भएको छ।

लुक्लाबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका सेढाईंको अहिले ह्याम्स अस्पतालमा उपचार भइरहेको छ।

पाइलट सेढाईंलाई थप उपचारका लागि भारतको नेसनल बर्न सेन्टर मुम्बईमा लैजाने तयारी भइरहेको ह्याम्प अस्प्तालले जनाएको छ।

अस्पतालले शनिबार साँझ विज्ञप्ति निकाल्दै सेढाईंले आजै भारत लैजाने तयारी भएको जनाउको छ।

उनको उपचार इमरजेन्सी कक्षमा सुरु गरी भेन्टिलेटरमा राखेर उपचार भइरहेको पनि अस्पतालले जनाएको छ। हेलिकोप्टल अतवरण गर्ने क्रममा गम्भीर घाइते भएका उनलेका मुख, हातखुट्टालगायत शरीरका ४५ देखि ५० प्रतिशत शरीर जलेको बताइएको छ।

अस्पतालले सेढाईंको फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या जनाएको छ।

387325979_853353832909110_4229670670448140695_n-1697292180.jpg

 

प्रकाशित मिति: १९:४७ बजे, शनिबार, असोज २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्