Kathmandu Press

मृतक आरती शाहका परिवार भन्छ– प्रहरीले अपराधी संरक्षण गरेको छ

माइतीघरमा पत्रकार सम्मेलन गरी उनले आफूहरुलाई गत बुधबार ५ जना गुण्डाहरूले हमला गरेको भन्दै उक्त हमलामा प्रहरी प्रशासनको पनि संलग्नता रहेको आरोप लगाए।
मृतक आरती शाहका परिवार भन्छ– प्रहरीले अपराधी संरक्षण गरेको छ

काठमाडौं, असोज २७ : मृतक आरती शाहका परिवारले प्रहरी प्रशासनले नै अपराधीको संरक्षण गरेको आरोप लगाएका छन्।

न्यायको माग गर्दै माइतीघरमा धर्ना बसिरहेका आरती शाहका बुवा, आमा र भाइलगायतलाई शनिबार प्रहरीले कुटपिट गर्दै अनामनगर प्रहरी वृत्तमा लगेको भन्दै उनका मामा सन्तोषकुमार शाहले पीडितलाई न्याय दिनुपर्नेमा प्रहरीले नै आफूहरुलाई असहयोग गरेको आरोप लगाए।

माइतीघरमा पत्रकार सम्मेलन गरी उनले आफूहरुलाई गत बुधबार ५ जना गुण्डाहरूले हमला गरेको भन्दै उक्त हमलामा प्रहरी प्रशासनको पनि संलग्नता रहेको आरोप लगाए। आरतीको हत्यालाई र हामीमाथि भएको दमन र यातनालाई लुकाउन प्रहरीले आरतीको परिवारलाई लगेको दाबी समेत गरे।

‘प्रहरीले आज जुनका काम गर्यो त्यो आरतीको हत्यारा र हामीमाथि भएको दमनलाई लुकाउन हो,’ उनले भने, ‘हामीलाई अस्ति बुधबार पनि ४ जना गुण्डाहरुलाई पठाएर हमला गरिएको थियो। त्यसमध्ये एकजनाको मोबाइल झरेको थियो त्यो डिएसपी आरके सिंहलाई बुझाइएका थियौं, त्यसमा अनुसन्धान नै गर्नुभएको छैन्। त्यसमा पनि पुलिस प्रशासनको संलग्नता देखिन्छ।’

Sanjiv-Uprety-1697291571.jpg

त्यस्तै वृहत नागरिक आन्दोलनका अभियन्ता सञ्जीव उप्रेतीले राज्यले पीडित पक्षलाई सघाउनु पर्ने ठाउँमा झुक्याउने काम भएको टिप्पणी गरे।  गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक हप्तामा सबै समाधान गर्छु भन्ने बाचा दिएर गएर एक हप्ता बितिसक्दा पनि केही नगरेको भन्दै पीडितलाई झुक्याउने काम गरेको बताएका हुन्।

‘उहाँको हत्या हो कि आत्महत्या भन्ने विषयमा राज्यले सघाउनुपर्ने ठाउँमा झन् उहाँहरुमाथि पीडितलाई झुक्याउने काम गरेको छ,’ उनले भने, ‘गृहमन्त्री जीले एक हप्तापछि उहाँहरूको कुरा हामी सुन्छौं। उहाँहरुको रिपोर्ट हेरेर म केही गर्छु भन्नुभएको थियो। उहाँको विश्वास ग¥यौं, तर केही भएन एक हप्तामा । गृह मन्त्री ज्यू गरेको के हो?’

उनले देशमा न्याय अझै छ भनेर बसिरहेको भन्दै न्याय दिन ढिलाई गरेमा नागरिक आन्दोलन कठोर रुपमा सडकमा आउन बाध्य हुने चेतावनी समेत दिए ।

विगत १२१ दिनदेखि मृतक आरती साहको परिवार न्याय माग्दै माइतीघर मण्डलामा धर्ना बसिरहेका थियो। आज बिहानै करिब ८ बजेमाथिको आदेश भन्दै प्रहरीले आरती साहका बुवा ,आमा र भाइ समेत लाई कुटपिट गर्दै अनामनगर प्रहरीवृत्तमा लगिएको छ।

प्रकाशित मिति: १९:३८ बजे, शनिबार, असोज २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्