कांग्रेसले आफ्नो शक्ति चिन्न सकेन : नेतृ देउवा
सामाजिक सञ्जालमा पार्टीको उपस्थिति कमजोर भएको प्रति पनि उनले असन्तुष्टि जनाइन्। उनले सकरात्मक सोचेर पार्टीको पक्षमा खरो उत्रिन सबैलाई आग्रह गरिन्।(1)-1697289263.jpg)
काठमाडौं, असोज २७ : नेतृ आरजु राणा देउवाले नेपाली कांग्रेसले आफ्नो शक्ति चिन्न नसकेको बताएकी छिन्।
अछाम काठमाडौं सम्पर्क समितिद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उनले स्थानीय तहदेखि केन्द्रसम्म सरकारमा रहेको कांग्रेसले आफ्नो शक्ति चिन्न नसकेको बताइन्।
‘सातै प्रदेश, केन्द्र, ७७३ नगरपालिका, गाँउपालिका अधिकांशमा हामी छौँ। भनेपछि हामी शक्तिशाली छा्रैं कि कमजोर? हामीले आफूलाई चिन्नुपर्छ,’ उनले भनिन्, ‘हाम्रो पार्टीका अग्रज नेताहरुले गर्नु भएको काम जनताको अगाडि प्रष्ट भएकै कारणले नेपाली जनताले हामीलाई हरेक पटक चुनावमा जिताएका छन्।’
(7)-1697289262.jpg?timestamp=1697289274978)
सामाजिक सञ्जालमा पार्टीको उपस्थिति कमजोर भएको प्रति पनि उनले असन्तुष्टि जनाइन्। उनले सकरात्मक सोचेर पार्टीको पक्षमा खरो उत्रिन सबैलाई आग्रह गरिन्।
‘सामाजिक सञ्जालतिर हेर्ने हो भने नेपाली कांग्रेस जिरोमा गइसकेको छ, के हामी जिरोको पार्टी हौं?’ उनले भनिन् ‘सकारात्मक सोच राख्नुपर्छ, जीवन पनि सकारात्मक हुन्छ । राम्रो सोचौं, राम्रो गरौं र राम्रैतिर उन्मुख हुनुपर्छ। पार्टीको कुरामा पनि हाम्रो नेताहरुले धेरै ठूलो मूल्य चुकाएर यो देशलाई यहाँसम्म ल्याएको छ । हरेक कालखण्डमा पार्टीले आफूलाई सावित गर्दै आएको छ।’
(4)-1697289263.jpg?timestamp=1697289283536)
नेतृ राणाले संविधान पनि कांग्रेसले नै ल्याएको बताउँदै उनले पार्टीलाई संगठित गर्दै लानुपर्नेमा जोड दिइन्। उनले आन्तरिक द्वन्द्व व्यवस्थापन गर्दै अघि बढ्नु पर्ने बताइन्।
‘हामीभित्र भएका नकारात्मक शक्तिहरुलाई कसरी हटाउने सकारात्मक उर्जा, राम्रो दृष्टि र दैविक गुणहरुलाई बाहिर ल्याउने समय विजय दशमीले हामीलाई दिएको छ,’ दशैंको शुभकामना दिँदै उनले भनिन्, ‘यो दशैमा आफूभित्र भएको सकारात्मक शक्तिलाई बाहिर ल्याउँन र मनमा भएको रिस, घृणालाई हटाउन आग्रह गर्छु।’
(8)-1697289264.jpg?timestamp=1697289289926)




-1784031842.jpg)




-1784031842.jpg)

