Kathmandu Press

‘एकआपसको आलोचना र साथबाटै राष्ट्र निर्माणको अभियान सफल बनाउनुपर्छ’

उनले सबै दलहरु मिलेर साझा रुपमा लोकतान्त्रिक प्रणालीबाट यो देशलाई बनाउँनु पर्ने भन्दै देशमा केही हुँदैन भन्ने मनोविज्ञान हटाउनु पर्ने बताए।
‘एकआपसको आलोचना र साथबाटै राष्ट्र निर्माणको अभियान सफल बनाउनुपर्छ’
फाइल तस्बिर।

काठमाडौं, असोज २६ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एकआपसमा आलोचना गर्दै साथ दिँदै यो देशलाई समृद्ध बनाउँनु पर्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा उनले सबै दलहरु मिलेर साझा रुपमा लोकतान्त्रिक प्रणालीबाट यो देशलाई बनाउँनु पर्ने भन्दै देशमा केही हुँदैन भन्ने मनोविज्ञान हटाउनु पर्ने बताए।

‘देशमा केही हुदैँन भन्ने मनोविज्ञान हटाउनुपर्छ, यो देश राम्रो भएको छ। त्यसको जिम्मा हामी सबैले साझा रुपमा लिनुपर्छ,’ उनले भने, ‘केही भएको छ, धेरै गर्न बाँकी छ, यही लोकतान्त्रिक प्रणालीबाट हामीले नै बनाउनुपर्छ। एकआपसमा आलोचना गर्दै, साथ दिदैँ यो देश बनाउने हो, बनाउन सकिन्छ।’  

महामन्त्री शर्माले हामी वीर गोर्खाली, कहिल्यै हार्न जान्दैनौं भन्नु गलत भएको बताउँदै अहिलेको पुस्तालाई देशले हारेको थियो जित्न बाँकी छ भनेर सिकाउनु पर्ने बताए।

‘हामीलाई वीर गोर्खाली, कहिल नहार्ने भनेर जुन पढाउने गरिन्छ, त्यो गलत हो हामी हारेका हौं। दारजलिङ, टिस्टासम्म हाम्रो थियो,’ उनले भने, ‘हामीले के सोच्यौ भने हामीले दुनियाँसँग जितिसकेका छौ अब आफ्नोसँग मात्रै जित्न आवश्यक छ । तर, हामीले जित्न बाँकी छ, पछिल्लो पुस्तालाई यो देशले हारेको थियो भनेर सिकाउँनु पर्छ।’

उनले राम्रोलाई जस्ले गरेको भएपनि राम्रो काम भनेर मान्न सक्नु पर्ने बताए। उनले विपी कोइरालालाई सोच्दै गर्दा एउटा दलको मात्रै नसोचिकन, गणेशमान सिंहले खान्न भनेर भनेको प्रधानमन्त्रीको पदलाई काङ्ग्रेस भनेर लेपन गरिराख्ने नहुने बताए ।

महामन्त्री शर्माले हामी विश्वका धेरै देशभन्दा अगाडि रहेको बताउँदै पछिल्लो पुस्तामा हिनताबोध भए त्यसलाई भत्काउनु पर्ने बताए।

प्रकाशित मिति: १८:३८ बजे, शनिबार, असोज २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्