Kathmandu Press

गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई छैन : मन्त्री शर्मा

अहिले त्यस्तो व्यवस्थाको अन्त्य भएर देशमा लोकतान्त्रिक गणतन्त्र आइसकेको प्रसङ्ग उल्लेख गर्दै उनले अब गल्ती गर्ने कोही पनि कानुनभन्दा माथि नहुने बताइन्।
गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई छैन : मन्त्री शर्मा

दाङ, असोज २७ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिलेको गणतान्त्रिक शासन व्यवस्थामा गल्ती गर्ने छुट कसैलाई नभएको बताएकी छिन्।

दाङको तुलसीपुर–१९ मा नेकपा माओवादी केन्द्रले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पहिले पहिले ठूलाबडा भनिनेहरुले जे गरे पनि छुट हुने तर सामान्य मानिसलाई मात्र कानुन लाग्ने अवस्था रहेको भए पनि अहिले त्यो अवस्थाको अन्त्य भएको बताइन्।

अहिले त्यस्तो व्यवस्थाको अन्त्य भएर देशमा लोकतान्त्रिक गणतन्त्र आइसकेको प्रसङ्ग उल्लेख गर्दै उनले अब गल्ती गर्ने कोही पनि कानुनभन्दा माथि नहुने बताइन्। वतृमान सरकारले सानाठूला सबैलाई गल्तीअनुसारको कारबाही गरेको उनले बताइन्।

‘कुनै पनि व्यक्तिले गल्ती गर्ने तर त्यसको दोष भने वर्तमान राजनीतिक व्यवस्थालाई लगाउने गरिएको छ यो प्रवृत्ति अत्यन्त गलत हो,’ मन्त्री शर्माले भनिन्, ‘यक्तिले गल्ती गर्न सक्छ तर त्यसको दोष व्यवस्थाले लिन सक्दैन, लिनु पनि हुँदैन।’

उनले हिजो पदमा रहँदा गल्ती गरेका अहिले कानुनी कारबाहीको दायरामा आइसकेका दृष्टान्त पेस आज पदमा रहँदा गल्ती गरे पनि जो कोहीले पनि भोलि त्यसको कारबाही भोग्नुपर्ने तर्क गरिन्।

 

प्रकाशित मिति: १७:३९ बजे, शनिबार, असोज २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्