सरकारी पक्षपातले अराजकता निम्त्याउँछ : ओली
राजनीतिक दलहरू तानाशाही व्यवस्था र शासकहरूबाट मुक्ति हासिल गरी आफ्नै शासन कायम गर्न जनताले खोलेका संस्था भएको तर्क गरेका उनले राजनीतिक दलका निम्ति सरकारभन्दा जनता ज्यादा महत्वपूर्ण हुनुपर्ने बताए।(5)-1697282321.jpg)
काठमाडौं, असोज २७ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारबाट गरिने अन्याय एवं पक्षपातले अराजकता निम्त्याउने बताएका छन्।
आज काठमाडौंमा आयोजित एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा उनले सरकारी क्षेत्रबाट हुने विभेद् नागरिकको आँखामा सम्बन्धित राजनीतिक प्रणालीको वैधानिकतालाई मात्र नखुम्च्याउने भन्दै आन्तरिक एवं अन्तर्राष्ट्रिय स्तरमा समेत त्यसले अस्थिरता, द्वन्द्व र अराजकता निम्त्याउनले बताए।
राजनीतिक दलहरू तानाशाही व्यवस्था र शासकहरूबाट मुक्ति हासिल गरी आफ्नै शासन कायम गर्न जनताले खोलेका संस्था भएको तर्क गरेका उनले राजनीतिक दलका निम्ति सरकारभन्दा जनता ज्यादा महत्वपूर्ण हुनुपर्ने बताए।
‘हामीले आज विशेष जोड दिनुपरेको छ– राजनीतिक दलहरूले केवल कार्यकारी शक्तिको अभ्यास गर्न होइन, दीर्घकालिक राष्ट्रिय हितको रक्षा गर्न सक्षम, प्रभावकारी र गतिशील राष्ट्र निर्माण गर्ने दिशामा आफूलाई सम्पूर्ण रूपले केन्द्रित गर्नुपर्दछ,’ उनले भने।
लोकतन्त्रको अवधारणा अवलम्बन गर्दै नेपाली जनताको सुख र समृद्धिको आकांक्षा पूरा गर्नुलाई आफ्नो सबैभन्दा ठूलो कार्यभार मानेको जिकिर गर्दै उनले अब राष्ट्रिय विकासको नेतृत्वको चाहाना प्रकट गरे।
‘हामी नेपालमा तीब्र आर्थिक वृद्धिदर कायम भएको गतिशील अर्थप्रणाली निर्माण गर्न चाहन्छौँ, उद्यमशीलता प्रवर्द्धन गरी रोजगारी सृजना गर्न, सामाजिक सुरक्षा कायम गर्न, कनेक्टिभिटि र भौतिक पूर्वाधार निर्माण गर्न तथा वातावारण संरक्षण गर्दै राष्ट्रिय विकासको नेतृत्व गर्न चाहन्छौं,’ उनले भने ।




-1784031842.jpg)




-1784031842.jpg)

