Kathmandu Press

नेपाली संस्कृतिलाई उद्योग र आय आर्जनसँग जोड्न आवश्यक छ  ः मन्त्री किराती

नेपाली संस्कृतिलाई उद्योग र आय आर्जनसँग जोड्न आवश्यक छ  ः मन्त्री किराती

काठमाडौं, असाेज २७ : संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले नेपाली संस्कृतिलाई उद्योग तथा आय आर्जनसँग नजोडे संस्कृति नै मर्ने टिप्पणी गरेका छन्।

शनिबार ललितपुरमा राष्ट्रिय लोक तथा दोहोरीगीति प्रतिष्ठान नेपालको २३ औँ केन्द्रीय वार्षीक साधारणसभाको उद्घाटन गर्दै मन्त्री किरातीले नेपाल नेचर, कल्चर र एडभेन्चरको त्रीवेणी भएको उल्लेख गर्दै यसलाई पर्यटनसँग जोडेर विश्वमाझ पुर्याउनुपर्ने बताए। उनले नेपालको पर्यटन संस्कृतिसंग गाँसिएको र संस्कृति विना पर्यटनको विकास नहुने धारणा राखे। 

‘नेपालको पर्यटन नै संस्कृतिसँग गाँसिएको छ। संस्कृतिबिनाको पर्यटन सम्भव नै छैन। नेपाली समाज इन्द्रेणी जस्तै छ। यो इन्द्रेणी समाजलाई विश्वसामु हामीसँग रहेका हिमाल,एडभेन्चर र हिमाल,पहाड तराइको कल्चरलाई ब्राण्डिङ गर्न सक्यौं भने प्रकृतिसँग मिसाउन सक्यौं भने पर्यर्टनमा एडभेन्चर,कल्चर र नेचरको त्रिवेणी पर्यटनमा निर्माण गर्न सक्यौं भने हाम्रो देशको जस्तो पर्यटन संसारमा हुन छैन,’ उनले भने।

उनले थपे, ‘मेरो अहिले पनि दाबी छ जति मैले हाम्रो संस्कृतिको उत्खनन गर्न सकिराखेको छु यसलाई बाण्डिङ गरेर लैजान सके हाम्रो पर्यटन पर्यटन जस्तो बन्न सक्छ। नेपाली संस्कृतिलाई अब उद्योग र आयआर्जनसँग जोड्नै पर्छ। नत्रभने हाम्रो  संस्कृति मर्छ। त्यो भनेको पर्यटन क्षेत्रसँगै जोड्ने हो।’ 

किरातीले पर्यटनमन्त्री भन्दा संस्कृतिमन्त्री बढी बन्यो भनेर आफूमाथि आरोप लाग्ने गरेको र सो आरोप सही भएको दाबी गरे। उनले भने,‘अहिले मलाई यो त पर्यटन मन्त्री भन्दा पनि भाषण गर्दा बढी संस्कृतिमन्त्री जस्तो पो देखिन्छ भन्ने एउटा आरोप छ। तर,म सही ठाउँमा छु भन्ने मेरो दाबी छ।’ आफूले अर्को जुनी जिउन पाउने भए एक जुनी पुरा कलाकार भएर बाँच्ने बताए। 

विविधतायुक्त नेपाली समाजले अहिले एकता खोजेको,राणशासनदेखि गणतन्त्रसम्म सबै राजनीतिक दलले मिलेर ल्याएको र संविधान पनि मिलेरै बनाएको भन्दै उनले सबैले अनुभूत गर्न सक्ने राष्ट्रिय सरकार बनाउन सगरमाथा जस्तै उच्च सोच बनाउनुपर्नेमा जोड दिए। 

‘देशको सत्रु गरिबी,अशिक्षा हो।यसको विरुद्धमा सबैले मिलेर लडौन। कसैको तस्विर चम्किलो र मधुरो नहोस। लोकदोहोरी गाउने फुटपाथमा अरु दुई नम्बरी गर्नेहरु कारमा,त्यस्तो नहोस। नेपाली हौं भनेर गर्व गर्ने नागरीक बनाउनको निम्ति हामी मिलौ,राष्ट्रिय सहमतिको सरकार बनाऔं। सिटको आधारमा नतृत्व गरौं।’ उनले भने, ‘संसारको अग्लो सगरमाथा हामीसँग छ तर, हाम्रो सोच किन होचो भयो,’ उनले भने।

उनले थपे, ‘सबैभन्दा ज्ञानी सिदार्थ गौतम बुद्ध नेपालमै जन्मिए तर, हामी किन यति अज्ञानी हुँदै छौ, हिन्दुहरुले सबैभन्दा धेरै आस्था गर्ने पशुपतिनाथ नेपालमा छौं किन हाम्रो मनभित्र अनास्था राख्छौ, यस्ता दर्जनौ उदाहरण दिन सकिन्छ तर, मौलिक राजनीतिबाट पनि परिचय दिउँ देशको आर्थिक संवृद्धि बढाऔँ,संसारको पर्यटक नेपाल घुम्न आउन।’

प्रकाशित मिति: १६:०२ बजे, शनिबार, असोज २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्