Kathmandu Press

महिलालाई सम्मान गर्न सके मात्रै कांग्रेसको भलो हुन्छ : कांग्रेस नेता कोइराला

शनिबार काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान तथा स्मारिका विमोचन कार्यक्रममा उनले हामीले महिलाहरुलाई सधैं ब्याक बेन्चमा राखेको भन्दै महिलाहरुलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने बताए। 
महिलालाई सम्मान गर्न सके मात्रै कांग्रेसको भलो हुन्छ : कांग्रेस नेता कोइराला

काठमाडौं, असाेज २७ : नेपाली काङ्ग्रेसका नेता शशांक कोईरालाले महिलाहरुको सम्मान गर्ने हो भने मात्रै नेपाली काङ्ग्रेसको भलो हुने बताएका छन्।  

शनिबार काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान तथा स्मारिका विमोचन कार्यक्रममा उनले हामीले महिलाहरुलाई सधैं ब्याक बेन्चमा राखेको भन्दै महिलाहरुलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने बताए। 

उनले भने, ‘हामीले महिलाहरुलाई सधैँ ब्याक बेन्चमा राखेका छौ, त्यसैले पनि काङ्ग्रेस तल परेको छ। महिलालाई अगाडि सार्ने, महिलालाई नै अगाडि बढाउँनु पर्छ। हामीले महिलाहरुलाई अगाडि राख्नु पर्छ। आजको मितिमा पनि म भन्छु महिलाहरुलाई प्राथमिकता दिनै पर्छ। ’

उनले प्रतिशतको कुरा गरे महिलाहरुको अपमान गर्ने गरेको भन्दै प्रतिशत होईन अवसर दिनुपर्ने बताए। 
 
प्रकाशित मिति: १५:४८ बजे, शनिबार, असोज २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्