Kathmandu Press

मनाङ एयरकाे हेलिकप्टर तीन महिनामा दुईपटक दुर्घटना, निलम्बनमा पर्‍याे ‘एयर अपरेटर सर्टिफिकेट’

सोलुखुम्बुमा शनिबार हेलिकप्टर दुर्घटनामा परेकै दिन  नेपाल नागरिक उड्डयन प्राधिकरणले एक सूचना जारी गरी मनाङ एयर प्रालिलाई अर्को सूचना जारी नहुँदासम्मका लागि निलम्बन गरेको छ।
मनाङ एयरकाे हेलिकप्टर तीन महिनामा दुईपटक दुर्घटना, निलम्बनमा पर्‍याे ‘एयर अपरेटर सर्टिफिकेट’

काठमाडौं, असोज २७ : तीन महिनाको अन्तरालमा दुईपटक दुर्घटनामा परेपछि मनाङ एयरको ‘एयर अपरेटर सर्टिफिकेट’ निलम्बनमा परेको छ।

सोलुखुम्बुमा शनिबार हेलिकप्टर दुर्घटनामा परेकै दिन  नेपाल नागरिक उड्डयन प्राधिकरणले एक सूचना जारी गरी मनाङ एयर प्रालिलाई अर्को सूचना जारी नहुँदासम्मका लागि निलम्बन गरेको छ।

मनाङ एयरको ९ एन–एएनजे कलसाइन भएको हेलिकोप्टर सोलुखुम्बुको लुक्लाबाट लोबुचे जाँदै गर्दा दुर्घटनामा परेको थियो। हाई अल्टिच्युडमा रहेका यात्रु उद्धार गर्न शनिबार बिहान ७ः१३ मिनेटमा उडेको हेलिकोप्टर दुर्घटना हुँदा पाइलट पिके सेढार्इं घाइते भएका थिए। यसअघि मनाङ एयरकै नाइन एन एएमभी कलसाइनको हेलिकप्टर असार २६ गते पनि दुर्घटनामा परेको थियो। मनाङ एयरसँग अब हेलिकोप्टर नै बाँकी छैन।

प्राधिकरण मुख्यालयका अनुसार मनाङ एयरले अर्को हेलिकप्टर ल्याए पनि समग्रता जाँच नगरी तत्काल उडान सञ्चालन गर्न पाउनेछैन। 

प्रकाशित मिति: १५:३४ बजे, शनिबार, असोज २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्