Kathmandu Press

रवि लामिछानेको व्यङ्ग्य : उद्देश्य, कार्यशैली, चरित्र, गन्तव्य एउटै भएपछि सटरचाहिँ किन बेग्लाबेग्लै? 

उनले पुराना राजनीतिक दलको उद्देश्य,कार्यशैली,चरित्र,गन्तव्य एउटै भएको व्यङ्ग्य गर्दै आगामी निर्वाचनमा एकै चुनाव चिन्ह्रबाट लड्नेगरी ‘महागठबन्धनवादी मोर्चा’ घोषणा गर्न सुझाएका छन्। 
रवि लामिछानेको व्यङ्ग्य : उद्देश्य, कार्यशैली, चरित्र, गन्तव्य एउटै भएपछि सटरचाहिँ किन बेग्लाबेग्लै? 

काठमाडौं, असाेज २७ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले, गत उपनिर्वाचनमा आफू र स्वणिम वाग्लेलाई हराउन ड्राफ्ट तयार भएको महागठबन्धनले कोशीमा सार्थकता पाएको टिप्पणी गरेका छन्। 

उनले पुराना राजनीतिक दलको उद्देश्य,कार्यशैली,चरित्र,गन्तव्य एउटै भएको व्यङ्ग्य गर्दै आगामी निर्वाचनमा एकै चुनाव चिन्ह्रबाट लड्नेगरी ‘महागठबन्धनवादी मोर्चा’ घोषणा गर्न सुझाएका छन्। 

गठबन्धनको सहमतिविपरित एमालेको समर्थनका कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेपछि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पुराना पार्टीको एउटै उद्देश्य भएको टिप्पणी गरेका हुन्।

लामिछानेले लेखेका छन्, ‘गत उप–निर्वाचनमा मलाई र डा. स्वर्णिम वाग्लेलाई हराउन ड्राफ्ट भएर एउटा मात्र हस्ताक्षर हुन बाँकी रहेको महागठबन्धनले आज कोशीमा सार्थकता पाएछ। राम्रो भो, अब केन्द्रमा पनि यस्तै सहकार्य होस्। र आगामी निर्वाचन सम्ममा सबै पुराना दल एक ठाँउमा बसेर यस्तै महागठवन्धन गरी, सकेसम्म चुनाव चिन्ह समेत एउटै हुने गरि महासहमति पनि गर्नु होला।’

उनले पुराना राजनीतिक दलको उद्देश्य,कार्यशैली,चरित्र,गन्तव्य एउटै भएको व्यङ्ग्य गर्दै सबैलाई एक ठाउँमा आएर महागठवन्धन मोर्चा बनाउन टिप्पणी गरेका छन्।  

‘ढिला नगरी महागठबन्धनवादी मोर्चाको घोषणा सभाबारे पनि सुन्न पाइयोस्। उद्देश्य एयटै,चरित्र एउटै,गन्तव्य एउटै भएपछि सटर चाँही किन बेग्लाबेग्लै ?’, लामिछानेले लेखेका छन्। 
 
प्रकाशित मिति: १४:१६ बजे, शनिबार, असोज २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्