Kathmandu Press

योग कार्यशालाको दोस्रो शृङ्खला सुरु, गृह मातहतका २ सय ४५ कर्मचारी सहभागी [तस्बिर]

‘ध्यानद्वारा उर्जा जागरण कार्यशाला’ अभियानका रुपमा गृहमातहतका सबै निकाय, सबै तहका कर्मचारी र कैदीबन्दीसम्म पुर्‍याउन भन्दै गृह मन्त्रालयले थालेको योग कार्यशालाको दोस्रो शृङ्खला सुरु भएको हो।
योग कार्यशालाको दोस्रो शृङ्खला सुरु, गृह मातहतका २ सय ४५ कर्मचारी सहभागी [तस्बिर]

काठमाडौं, असाेज २७ : गृह मन्त्रालयले सुरु गरेको स्वजागरण अभियानको दोस्रो शृंखला सुरु भएको छ। 
‘ध्यानद्वारा उर्जा जागरण कार्यशाला’ अभियानका रुपमा गृहमातहतका सबै निकाय, सबै तहका कर्मचारी र कैदीबन्दीसम्म पुर्‍याउन भन्दै गृह मन्त्रालयले थालेको योग कार्यशालाको दोस्रो शृङ्खला सुरु भएको हो।

Photo-(12)-1697271056.jpeg

सशस्त्र प्रहरी बलको मुख्यालय हलचोक परिसरमा आयोजित ‘ध्यानद्वारा उर्जा जागरणको दोस्रो एक दिवसीय कार्यशाला’ उद्घाटन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ध्यानद्वारा जीवन शैली परिवर्तन र कार्यक्षमता वृद्धीको विश्वास व्यक्त गरेका छन्। गृह मन्त्रालयअन्तर्गत अघिल्लो कार्यशालामा छुटेका, राजपत्र अनंकित, श्रेणीविहीन र सुरक्षाकर्मीसहित दुईसय ४५ जना कर्मचारी यो कार्यशालामा सहभागी छन्। 

Photo-(2)-(2)-1697271056.jpeg

यसअघि अधिकृत र सोभन्दा माथिल्ला कर्मचारीका लागि अशोज ६ गते पहिलो कार्यशाला सम्पन्न गरिएको थियो। 
कार्यशालाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए। गृह मन्त्रालय र ‘जीवन बिज्ञान’ को संयुक्त सहकार्यमा आयोजित आज दिनभरी नै संचालन हुने योग कार्यशालामा योगाभ्यास, प्राणायम र उर्जा ध्यानबारे प्रशिक्षण हुनेछ। 

Photo-(1)-(1)-1697271051.jpeg

Photo-(11)-1697271051.jpeg

Photo-(9)-1697271049.jpeg

Photo-(10)-1697271049.jpeg

Photo-(6)-(2)-1697271048.jpeg

Photo-(7)-(1)-1697271048.jpeg

Photo-(3)-(1)-1697271047.jpeg

Photo-(5)-(1)-1697271047.jpeg

प्रकाशित मिति: १४:०८ बजे, शनिबार, असोज २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्