Kathmandu Press

कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापाले दिए राजीनामा

उनले शनिबार पत्रकार सम्मेलन गरेर कोशी प्रदेशको विकसित राजनीतिक घटनाक्रम र नयाँ सरकार निर्माणको घटनाक्रमका कारण नैतिकताका आधारमा आफूले राजीनामा दिएको बताए।
कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापाले दिए राजीनामा

विराटनगर, असोज २७ : नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन्।काङ्ग्रेसका विद्रोही समूहका तर्फबाट केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि थापाले आज (शनिबार) नैतिकताका आधारमा राजीनामा दिएका हुन्।

उनले शनिबार पत्रकार सम्मेलन गरेर कोशी प्रदेशको विकसित राजनीतिक घटनाक्रम र नयाँ सरकार निर्माणको घटनाक्रमका कारण नैतिकताका आधारमा आफूले राजीनामा दिएको बताए।

राजीनामापत्रमा उनले लेखेका छन्, ‘पछिल्लो समय कोशी प्रदेश सरकार निर्माण प्रक्रियामा भएका विकसित घटनाक्रमले गर्दा नैतिक रुपमा मैले संसदीय दलको नेताको रुपमा बसिरहन उपयुक्त नभएको महसुस गरी आजको मितिदेखि लागू हुने गरी मैले नेपाली कांग्रेस कोशी प्रदेश ससदीय दलको नेताको पदबाट राजीनामा दिइएको जानकारी गराउँदै दलको नीति, सिद्धान्त र आदर्शप्रति प्रतिवद्ध रहँदै आगामी दनमा क्रियाशील रहनेछु।’

uddav-thapa-press-realese-768x1024-(1)-1697271430.jpg

प्रकाशित मिति: १४:०३ बजे, शनिबार, असोज २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्