कोसी प्रदेशको राजनीतिले गठबन्धनमा असर पर्दैन : आङ्बो
कार्कीले बहुमत पुर्याएपछि प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेपछि आङ्बोले सामाजिक सञ्जाल फेसबुकमा ८ बुँदे स्पष्टीकरण दिंदै आङ्बो कोसी राजनीतिले गठबन्धनमा असर नपार्ने पनि बताएका हुन्।
काठमाडाैं, असोज २७ : माओवादी केन्द्र कोसी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कांग्रेसभित्रको गुट व्यवस्थापन गर्ने जिम्मा कांग्रेसकै भएको बताएका छन्। कांग्रेसको उपगुटका कारण मुख्यमन्त्रीमा बहुमत पुर्याउन नसकेका आङ्बोले कांग्रेसभित्रको गुटको व्यवस्थापन गर्ने जिम्मा कांग्रेसकै भएको बताएका हुन्।
संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनको आह्वान भएपछि एमालेको समर्थनमा कांग्रेसको विद्रोही समूहका केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि कोसी प्रदेशको राजनीतिले गठबन्धनमा असर नपार्ने पनि बताएका छन्।
आङ्बोले सत्तारुढ गठबन्धनले आङ्बोलाई मुख्यमन्त्रीमा अघि सारेको थियो। सत्ता गठबन्धनका ४७ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरे पनि कांग्रेसका ८ सांसदले एमालेको समर्थनमा छुट्टै दाबी गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले सांसदलाई सनाखतका लागि बोलाएपछि आङ्बो पक्ष हस्ताक्षर सनाखत गर्नै गएन।
कार्कीले बहुमत पुर्याएपछि प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेपछि आङ्बोले सामाजिक सञ्जाल फेसबुकमा ८ बुँदे स्पष्टीकरण दिंदै आङ्बो कोसी राजनीतिले गठबन्धनमा असर नपार्ने पनि बताएका हुन्।
यस्तो छ उनको ८ बुँदे स्पष्टीकरण
–गठबन्धन खासगरी काङ्ग्रेस कै आग्रहमा हामी एमाले नेतृत्वको प्रदेश सरकारबाट फिर्ता भयौं।
–गठबन्धनको कठिन अंक गणितको बावजुत बहुमत पुर्याउने र बिश्वासको मत पनि पाउने बिश्वासिलो आधार हाम्रो दल सङ्ग हुदा पनि गठबन्धनको संवेदनशीलतालाई ख्यालमा राखेर मुख्यमन्त्रीमा काङ्ग्रेसको दाबीलाई हामीले स्विकार गर्यौ।
–पहिलोपटक सरकार गठनमा काङ्ग्रेसका उम्मेदवारलाई सभामुखको हस्ताक्षर सहित मुख्यमन्त्रीको दाबी गर्न पनि हामी तयार भयौं।
– मुख्यमन्त्रीको नियुक्ति सर्वोच्चले बदर गरेपछि काङ्ग्रेस कै नेतालाई मुख्यमन्त्री बनाउन माओवादीसँग भएको सभामुखसमेत राजीनामा गराएर बहुमत सहित सरकार गठन गर्न तयार भयौं।
–२–२ पटक काङ्ग्रेस नेतृत्वको सरकारले बहुमत सिद्ध गर्न नसकेपछि गठबन्धन भित्रैबाट सरकार बनाउने र विश्वासको मत प्राप्त गर्ने भरपर्दो आधारसहित प्रदेशलाई स्थायित्व दिन हामीले मुख्यमन्त्रीको दाबी गरेका हौं।
–हामीले गठबन्धन र सत्ता सहकार्य काङ्ग्रेससँग गरेको हो गुट, उपगुट र पार्टीभित्रको असन्तुष्टि व्यवस्थापनको जिम्मा स्वयं काङ्ग्रेस कै हो, पार्टीको आधिकारिक निर्णय काङ्ग्रेसले किन लागू गर्न सकेन यसको समीक्षा गर्ला वा नगर्ला त्यो काङ्ग्रेको कुरा हो ।
–सत्ता गठबन्धनभित्रको सहमति र सहकार्यमा थप विभाजन र जटिलता नआवस भन्ने चाहना र हाम्रो दाबी पनि नपुग्ने अवस्था भएकोले प्रदेश प्रमुखले बोलाउनु भएको सनाखतमा हामी सहभागी नहुने निष्कर्षमा पुग्यौं।
–प्रदेश सरकार गठनमा सुविधाजनक बहुमत र बिश्वासको मत प्राप्त गर्ने भरोसासहित केन्द्रीय गठबन्धनका शीर्ष नेताहरुले मुख्यमन्त्रीको उम्मेदवार बनाउने गरेको निर्णयप्रति सधैं आभारी रहने छु तपाईंहरुले गर्नुभएको विश्वास र भरोसा डगमगाउन दिने छैन।
अन्त्यमा हाम्रो पार्टीले गरेको निर्णयबाट बनेको गठबन्धन र सत्ता सहकार्यमा म र मेरो दल सधै इमानदार र प्रतिबद्ध रहनेछ।




-1784031842.jpg)




-1784031842.jpg)

